सुनसरीकाे भोक्राहामा इस्लामी संघ नेपालले गर्याे दाइजो विरुद्ध सचेतना

<span class='c1'>सुनसरीकाे भोक्राहामा इस्लामी संघ नेपालले</span> <span class='c2'>गर्याे दाइजो विरुद्ध सचेतना</span>

सुनसरी, ७ पुस । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा दाइजो विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । इस्लामी संघ नेपालले देशव्यापी चलाएको दाइजो विरुद्धको अभियान अन्तरगत सुनसरीको भोक्राहामा सचेतना कार्यक्रम आयोजना गरिएको हो ।

इस्लामी संघ भोक्राहा नरसिंह गाउँकमिटीले आयोजना गरेको कार्यक्रममा दाइजो विरुद्धका चर्चा   सहितको र्याली निकालिएको थियो । र्याली पश्चात आयोजित कोणसभामा बोल्ने बक्ताहरुले दाइजो विरुद्ध बेलाबखत चलाइने अभियानमात्रै प्रभावकारी नहुने भन्दै सरोकारवालाको प्रतिवद्धता सहितको निरन्तरताको खाँचो औल्याएका थिए । मुस्लिम अगुवा सहित स्थानीय तहका निर्वाचित जनप्रतिनिधि लगायतको उपस्थिती रहेको कार्यक्रममा हरिगोविन्द यादव, हारुन अन्सारी, हफिज कैयुम, जुल्फिकर अली, मेहरमान अन्सारी, मौलाना मजमिल फलाही लगायतकाले कोणसभालाई सम्बोधन गरेको मुस्लिम अगुवा युवा नइम अन्सारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्