पति र एक हात गुमाएकी मेचेको सहयोगमा ६ लाख रुपैयाँ जुट्यो, घर निर्माण सुरु

<span class='c1'>पति र एक हात गुमाएकी मेचेको सहयोगमा</span> <span class='c2'>६ लाख रुपैयाँ जुट्यो, घर निर्माण सुरु</span>

झापा, ७ पुस ।  सुत्केरी अवस्थामा नै पति बियोग र एक हात गुमाएकी असाहय देवी मेचेको शनिबार घरको शिलान्यास भएको छ ।झापा मेची नगरकी मेचेकोे घर निर्माणका लागि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जग्ग किनिदिएका थिए ।   त्यही जग्गामा घर निर्माण गर्ने गरी शनिबार शिलान्यास भएको हो ।कांग्रेस प्रवक्ता शर्माले छोरा शीर्षक शर्माको जन्मदिनको अवसरमा मेचीनगर ९ मा किनिदिएकाे ७ धुर जग्गामा शनिबार घरको शिलान्यास गरिएको हो ।दुई नाबालक सन्तानकी आमा मेचे पतिको मृत्यु र एक हात समेत नभएको कारण बिजोग अवस्थामा रहेका छन्थि  । उनकाे  सहयोगार्थ समिति गठन गरेर घर निर्माणका लागि एक महिनादेखि सहयोग उठाउन थालिएको थियो ।

अहिले उहाँको घर निर्माणका लागि ६ लाख नगद सहयोग रकम संकलन भएको छ । ६ लाख रुपैयाँ सहयोग प्राप्त भएकाले शनिबारबाट घर निर्माण थालिएको समितिका संयोजक बिजय डालमियाले जानकारी दिनुभयो । शनिबार मेचीनगर ९ खयरडागीमा नगरपालिकाका मेयर बिमल आचार्य, प्रदेशसभा सांसद गोपाल बुढाथोकी, कांग्रेस प्रवक्ता शर्माकी श्रीमती कविता शर्माले संयुक्त रुपमा देवी मेचेको घर शिलान्यास गरेका हुन्। मेचेका दुई सन्तानलाई शिक्षा दिनका लागि स्थानीय इस्टहोराइजन स्कुलमा कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने व्यवस्था पनि मिलाइएको समितिले जनाएको छ । दुई सन्तानकी आमा देवीले १२ वर्षअघि करेन्ट लागेर दाहिने हातगुमाएका थिए । एक हातले मात्र जीवन चलाउँदै  अाएका भएकी अतिबिपन्न परिवारकी देवीका ।श्नीमानको पनि मृत्यु भएपछि उनकाे बेसाहारा बनेकी थिईन ।

मेचेको पहिलो सन्तान ४ वर्षको भएको र काखमा अर्को छोरो साथै बृद्ध अवस्थाकी सासूआमा पनि आँखा नदेख्ने अवस्थामा छिन् । असाहय अवस्थामा रहनु भएकी मेचेलाई घर बनाइदिएर घरमा चाहिने सबै सामाग्री पनि उपलब्ध गराउने समितिका संयोजक बिजय डालमियाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्