झापामा खैरो हेरोइन बरामद , एक भारतीय नागरिकसहित दुई जना पक्राउ

<span class='c1'>झापामा खैरो हेरोइन बरामद , </span> <span class='c2'>एक भारतीय नागरिकसहित दुई जना पक्राउ</span>

झापा, ८ पुस ।  झापाको मेचीनगरस्थित होटलबाट लागू पदार्थ खैरो हेरोइनसहित एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ६ का ४८ वर्षीय लक्ष्मीप्रसाद भट्टराई र भारत पश्चिम बंगाल बतासीका ५५ वर्षीय खेमल मण्डल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका हुन्।

उनीहरुलाई लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ स्थित शिला पत्थर होटलको कोठा नम्बर १०६ बाट नियन्त्रणमा लिइएको हो।त्यहाँ उनीहरुलाई चेकजाँच गर्दा १९ ग्राम ५ सय मिलीग्राम खैरो हेरोइन बरामद गरेको थियो। पक्राउ परेका भट्टराई होटलका सञ्चालक हुन्। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्