यस्तो पनि : तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीमाथि कुटपिट

<span class='c1'>यस्तो पनि : तेह्रथुममा विवाह</span> <span class='c2'>भइरहेको बेला बेहुलीमाथि कुटपिट</span>

तेह्रथुम पुष १० । तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गएराति १०ः३० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीय युवाहरुको समुहले आक्रमण गरेको थियो ।

उनीहरुको कुटपिटबाट बेहुली वर्ष २२ की प्रतिक्षा सम्बाहाम्फे र अन्य ३ जना घाइते भएका छन् ।

प्रहरीले विवाहमा कुटपिट गर्ने वर्ष १९ का सरोज लिम्बु, वर्ष १४ का ओमन लिम्बु, वर्ष २१ का दिनेश लिम्बु, वर्ष १९ का सुदिप लिम्बु र वर्ष १७ का मन्दिप लिम्बुलाई नियन्त्रणमा लिएको छ ।

कुटपिटबाट घाइते भएकी बेहुलीको थप उपचारका लागि विराटनगर पठाइएको र अन्य घाइतेहरु बेहुलीका दाजु देउमान लिम्बु, सुमन खापुङ र टिकादेवी सम्बाहाम्फेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण गौतमले बताए ।

जलजलेकी प्रतिक्षासँग पाँचथरको फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडाका सचिन आङदेम्बेसँग विवाह भइरहेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्