सुनसरीको इटहरीमा एनआईसी एसिया बैंकको नयाँ शाखा सञ्चालनमा

<span class='c1'>सुनसरीको इटहरीमा एनआईसी एसिया</span> <span class='c2'>बैंकको नयाँ शाखा सञ्चालनमा</span>

काठमाडौं । एनआईसी एसिया बैंकले सुनसरीको इटहरी उपमहानगरपालिका–५ पञ्चरुखीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठीले सोमबार नयाँ शाखा उद्घाटन गरे ।

एनआईसी एसियाका अनुसार हाल २ सय ७० शाखा कार्यालय, २ सय ८७ एटीएम, ३७ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग इकाई पुगेका छन् । बैंकको वासलातको आकार २ खर्ब ११ अर्बभन्दा बढी पुगेको छ भने कूल निक्षेप करिब १ खर्ब ६९ अर्ब तथा कर्जा लगानी १ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । 

निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक एनआईसी एसियाले ग्राहक संख्या करिब १४ लाख पुगेको जनाएको छ । निकट भविष्यमा विभिन्न स्थानमा नयाँ शाखा खोल्दै जाने योजना बैंकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्