इलामको ‘मेची क्षेत्र पर्यटन महोत्सव’मा व्यापार शुन्य !

<span class='c1'>इलामको ‘मेची क्षेत्र पर्यटन</span> <span class='c2'>महोत्सव’मा व्यापार शुन्य !</span>

इलाम, १० पुस। इलाममा यही पुस ५ गतेदेखि शुरुभएको मेची क्षेत्र पर्यटन महोत्सवका स्टलहरुमा व्यापर नभएको व्यपारीहरुले गुनासो गरेका छन् । मेची क्षेत्रको पर्यटन प्रर्वधनको लागि लगाइएको महोत्सव कम रमाइलो मेला ज्यादा जस्तो देखिन थालेको छ । जिल्ला वाहिरका पर्यटकहरुको न्युन उपस्थितिले पनि महोत्सवको सफलतामा प्रश्न चिन्न उठेको छ ।काठमाण्डौँबाट स्टल लिएरआएका लुगा व्यापारी सुभम मैनाली भन्छन् ‘यहाँ आएको भाडा पनि नउठ्ने भयो त्यहा माथि सामानहरु पनि राति चोरी भयो । अहिले सम्म आयोजकले चोरीको बारेमा केही निर्णय नगर्दा हामी अन्योलमा परोका छाँै ।’ यसरी महोत्सवमा व्यपार नभएपछि कति स्टलहरु खाली पनि भएका छन् । आयोजकले गेट मनि लिएकोले गर्दा पनि व्यपारमा कमी आएको बताउँछन् इलाम सुलुवुङका किवी व्यवसायी गोपाल खतिवडा उनले भने ‘सोचेको जस्तो व्यपार भएन अन्य ठाउँमा महोत्सवमा जाँदा राम्रो व्यापार हुन्थ्यो तर यहाँ आयोजकको ठाउँ व्यवस्थापनमा कम्जोरी भएको छ ।’

इलाममा सुरु भएको महोत्सवमा शुन्य ब्यापार भएपछि स्टल राखेर वसेका व्यापारीहरु स्टल उठाउने कि राखिरहने भनेर अन्योलमा परेका छन् । १२ दिनसम्मको लामो महोत्सवमा व्यपार नभएपछि पर्यटकहरु पनि भित्रिएका छैनन् । महोत्सवसँगै भएको रमाइलो मेलाले स्थानीयलाई भुलाएको छ, तर पर्यटकभने आएका छैनन् । यसरी मेला महोत्सव लगाउँदा केको लागि लागाइने हो । आयोजक स्पस्ट नभएको देखिन्छ । आयोजकले रमाइलो मेलाबाट आम्दानीत गरेको देखिन्छ तर पर्यटन प्रवर्धनको लागि लगाइएको महोत्सवमा पर्ययटकहरु भित्रिइने सम्भावना कमै देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्