महेन्द्र मोरङका बिद्यार्थीले गरे – दाङ दुर्घटनामा ज्यान गुमाएका बिद्यार्थीको शाेकमा दीप प्रज्वलन

<span class='c1'>महेन्द्र मोरङका बिद्यार्थीले गरे – दाङ दुर्घटनामा</span> <span class='c2'>ज्यान गुमाएका बिद्यार्थीको शाेकमा दीप प्रज्वलन</span>

विराटनगर, १० पुस ।
अनेरास्वबियुले दाङमा भएको गाडी दुर्घटनामा ज्यान गुमाएका बिद्यार्थीको सम्झनामा दिप प्रज्वलन गरी दुख ब्यक्त गरेको छ । देशलाई ठुलो क्षती पुग्ने गरी भएको बस दुर्घटना प्रति दुःख ब्यक्त गर्दै अनेरास्वबियु महेन्द्र मोरङ ईकाई कमिटिले शोकमा डुबेका परिवार प्रति समवेदना समेत ब्यक्त गरेको छ । गाडी दुर्घटनामा परी ज्यान गुमाउने बिद्यार्थीहरुको चिरशान्तिको कामना गर्दै अनेरास्ववियु अनेरास्ववियू क्रान्तिकारी समेतको संयुक्त आयोजनामा दिप प्रज्वलन गरिएको हो । यसरी आयोना गरिएको शोक कार्यक्रममा ज्यान गुमाउने भएका बिद्यार्थीहरुको तस्वीर सहितको प्लेट कार्ड बोकेर श्रद्धाञ्जली अर्पण गरिएको अनेरास्ववियुका ईकाई अध्यक्ष नविन पहाडीले बताए । दाङमा शुक्रबार भएको बस दुर्घटनामा   २ दर्जन बढी स्कुले विद्यार्थीकाे ज्यान गएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्