विराटनगरमा आज मिस पुर्वेली सुपर मोडलको ग्राण्ड फिनाले,कस्ले मार्ला बाजी ?

<span class='c1'>विराटनगरमा आज मिस पुर्वेली सुपर मोडलको</span> <span class='c2'>ग्राण्ड फिनाले,कस्ले मार्ला बाजी ?</span>

प्रेम देवान
विराटनगर, १४ पुस । विराटनगरमा आज सातौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१८ का १९ जना प्रतिप्रधीहरु फाईनलमा उत्रदैछन् । ए–वान इन्टरटेन्टमेन्टले हरेक वर्ष गर्दै आएको सौन्दर्य प्रतियोगीता अन्तरगतको सातौँ संस्करणको फाईनल आज विराटनगरको फन एण्ड फुड रिसोर्टमा हुँदैछ । नेपालका चर्चित उद्घोषकदेखी निर्णयक मण्डलहरु काडमाडौँबाट आउँदैछन् । प्रतियोगिताको फाईनलमा पूर्व मिस नेपाल माल्भिका सुब्बा, भिजे तथा अभिनेता सुरजसिह ठकुरी,प्रसान्त ताम्राकार, ओसिन सिटौला, उद्योगी पवन पाठक निर्णक मण्डलमा रहने ए–वान इन्टरटेन्टमेन्टका अध्यक्ष किरण लामाले जाकानरी दिए ।
आज हुने फाईनलको लागि मञ्चलाई सजाईएको छ । काठमाडौबाट आएका संजय गुप्ता , प्रस्का उदासले कायक्रमको उद्घोषण गर्नेछन् । यस पटक मिस पुर्वेलीको पुरस्कार मिस नेपाल भन्दा ठूलो राशी रहेको आयोजककाे दावी गरेको छ । यस पटक विजेताले २० तोला चादीको आकर्षक क्राउनसँगै २ लाख ५० हजार र ईण्डोनेसियाको बाली टुरको अबस प्राप्त गर्नेछन् । त्यस्तै सानिमा लाईफ ईन्सोरेन्सबाट १० लाख बराबरको जीवन विमा पाउनेछन् । त्यसैगरी फस्ट र सेकेण्ड रनर अपले रनर अपले १ लाख ५० हजार वाली टुर साथमा ५ लाखको विमा पाउनेछन् ।
सातौं संस्करणको मिस पूर्वेली सुपर मोडलको फाइनलमा १९जना प्रतिस्पर्धामा छन् । जसमा मन्दिरा दुमी राई, श्रद्धा श्रेष्ठ, प्रियङ्का श्रेष्ठ, दीक्षा राई, सृजना थापा, सन्जु सापकोटा, स्नेतहा साह, रोजिना तामाङ्ग, निशा शर्मा, सुप्रिया राज्यलक्ष्मी साह, आँचल मलिक, अक्क्षेता रौनियार, निकीता अधिकारी, शशीकला साह, आस्था भट्टराई, भीमा कुमारी श्रेष्ठ, जेनिसा खड्का,  सिर्जा पोखरेल, सन्देशा कटुवाल फाइनलमा पुगेका छन् ।
१ महिनादेखी बन्द प्रशिक्षणमा रहेका प्रतिप्रधीहरुलाई कोरियोग्राफर सृजना रेग्मी लगायत विभिन्न व्यक्तिहरुले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा क्याटवाकदेखी सामाजिक कार्य र उनीहरूको व्यक्तित्व विकासको बारेमा प्रशिक्षण दिएको थियो । आज ति १९ जना प्रतियोगीले आ– आफ्नो क्षमता प्रदर्शन गर्दैछन् । जसले आज निर्णायक मण्डलले सोधेको प्रश्नमा राम्रो जवाफ दिन सक्छ उनीहरुले नै मिस पुर्वेलीको ताज  जित्नेछ । साथै यस प्रतियोगीताको अनलाईन मिडिया पार्टनर ओवी मिडिया रहेको छ । आज बेलुका हुने सातौ सस्करण प्रतियोगताको प्रत्यक्ष प्रशारण ओवी मिडीयोले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्