इन्द्रमोहन स्मृति गुठीद्वारा विराटनगरमा तीनजना पुरस्कृत

इन्द्रमोहन स्मृति गुठीद्वारा विराटनगरमा तीनजना पुरस्कृत

विराटनगर, १४ पुस । इन्द्रमोहन स्मृति गुठी धनकुटाले विभिन्न क्षेत्रमा योगदान पु¥याउने तीनजना व्यक्तिलाई पुरस्कृत गरेको छ । विराटनगर भृकुटीचोकस्थित विमला श्रेष्ठ सेवा भवनमा शनिबार आयोजित कार्यक्रममा गुठीले साहित्य, पत्रकारिता र गीतसंगीतका क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई पुरस्कृत गरेको हो । लामो समयदेखि कविता लेखनमा सक्रिय कवि विश्वमोहन श्रेष्ठलाई ‘डा. विमला श्रेष्ठ साहित्य पुरस्कार’, पत्रकार रमेशचन्द्र अधिकारीलाई ‘ओम–इन्द्रमोहन स्मृति पत्रकारिता पुरस्कार’ र गायिका देविका वन्दनालाई ‘ओम–इन्द्रमोहन स्मृति गीतसंगीत पुरस्कार समर्पण गरिएको हो ।
वरिष्ठ साहित्यकार प्रा.डा. टंक न्यौपाने, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेललगायतले संयुक्त रुपमा दोसल्ला ओढाएर तीनैजनालाई जनही १५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा साहित्यकार दधिराज सुवेदी, गुठीका प्रमुख संरक्षक डा. विमला श्रेष्ठ, नेपाली लेखक संघ मोरङका अध्यक्ष गोकुल अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । गुठीले हरेक वर्ष कला, साहित्य, संगीत र समाजसेवा क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई पुरस्कृत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्