राष्ट्रपति विद्यादेवी भण्डारी आज झापा आउने, भाेली विराटनगर

राष्ट्रपति विद्यादेवी भण्डारी आज झापा आउने, भाेली विराटनगर

झापा, १८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी आज झापा आउने कार्यक्रम रहेको छ। शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीस्थित बाली विकास तथा कृषि जैविक  विविधता केन्द्रमा लगाइएको आर्गानिक कोपी र गहुँ खेती तथा गौरादह नगरपालिका–५ स्थित महारानीझोडाको महारानीझोडा साना किसान सहकारी संस्थाको सहजीकरणमा ९० बिघा जमिनमा लगाइएको नमुना सामुदायिक खेतीको अवलोकनका लागि राष्ट्रपति भण्डारी झापा आउन लागेकी हुन्।

काठमाडौबाट नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति भण्डारी बिहान ११:४० बजे महारानी झोडा आउने कार्यक्रम तय भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। महारानीझोडामा एक घण्टाको कार्यक्रमपछि उनी चन्द्रडाँगी कृषि फर्म जाने छन्। त्यहाँको कार्यक्रम सकेर उनी दिउँसो १:३० बजे सुनसरीको इटहरी फर्किने कार्यक्रम रहेको डिएसपी श्रेष्ठले बताए।

राष्ट्रपति झापा आउने कार्यक्रमलाई मध्यजनर गर्दै सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको डिएसपी श्रेष्ठको बताए। यता कनकाई नगरपालिका–३ स्थित योगमाया पार्क तथा यस क्षेत्रका जनताले निर्माण गरेका कालोपत्रे सडकको उद्घाटनका लागि राष्ट्रपति भण्डारीलाई ल्याउने कार्यक्रम भने रद्द भएको छ। कनकाई नगरपालिकासँगको समन्वयमा कालोपत्रे बाटो र राणाकालमा सतीप्रथाविरुद्धमा आत्मदाह गर्ने शाहसी नारी योगमाया न्यौपानेको शालिक नेपालकी प्रथम महिला राष्ट्रपतिको हातबाटै उद्घाटन गर्ने कार्यक्रम तय गरे पनि सुरक्षा योजनालाई मध्यनजर कार्यक्रम रद्द भएको सुरक्षा स्रोतले जनाएको छ।

यस्तै राष्ट्रपति भण्डारी बिहिवार विराटनगरमा पुर्वान्चल विश्वविद्यालयकाे रजत महाेत्सवकाे अवसरमा विराटनगर आउने कार्यक्रम रहेकाे छ । त्यस्तै राष्ट्रपति भण्डारी पढेकाे तथा राजनीति शुरु गरेकाे महेन्द्र माेरङ आदर्श बहुमुखी क्याम्पसकाे अवलाेकन गर्ने समेत कार्यक्रम रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्