अनशन बस्न इलाम पुगेका डाक्टर गोविन्द केसीकाे एक साता अनशन स्थगित

<span class='c1'>अनशन  बस्न इलाम पुगेका डाक्टर गोविन्द</span> <span class='c2'>केसीकाे  एक साता  अनशन स्थगित</span>

ईलाम १८ पुस ।  सोह्रौं अनशन शुरू गर्न भन्दै इलाम पुगेका डाक्टर गोविन्द केसीले एक साताका लागि अनशन स्थगित गरेका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले आफूसँगको सम्झौता अनुसार ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गरेको भन्दै केसीले अनशन स्थगित गरेका हुन् । 'संसद्को शिक्षा तथा स्वास्थ्य समितिकी सभापतिका तर्फबाट हामीसित भएको सम्झौता अनुसार ऐन जारी गर्ने प्रतिबद्धता गर्दै त्यसका लागि केही दिनको समय माग भएकाले यही पौष २५ गतेसम्मका लागि सत्याग्रहको कार्यक्रम स्थगन गरेको घोषणा गर्दर्छौं,' केसीका तर्फबाट वितरित विज्ञप्तिमा भनिएको छ, 'यसबीच चलखेल भएको अवस्थामा कुनै पनि बेला सत्याग्रह शुरू गर्ने घोषणा गर्दर्छौं ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्