विराटनगरमा खुल्यो सिटी मार्वल्स,पाइन्छ अत्याधुनिक मार्वल्स अनि टायल्स(तस्बिरसहित)

<span class='c1'>विराटनगरमा खुल्यो सिटी मार्वल्स,पाइन्छ</span> <span class='c2'>अत्याधुनिक मार्वल्स अनि टायल्स(तस्बिरसहित)</span>

विराटनगर १२ फागुन ।

पछिल्लो समय विराटनगरमा व्यावसायको क्षेत्रमा लगानी गर्ने क्रम बढ्दो छ । विराटनगरमा धेरै सपिङ मलदेखी खुद्रा व्यापारमा लगानी गरेर नेपाल मै राम्रो आम्दानी गर्ने स्रोत बनाईरहेको पाउन सकिन्छ ।
यसैक्रममा विराटनगरमा आईतबारदेखि अत्याधुनिक मार्वल्सको शोरुम संचालनमा आएको छ । विराटनगर २ पुरानो डिएसपी रोडमा सिटि मार्वल्सले दुईवटा कम्पनीका दुराग्रेस लावन्ज र सोमानीका सामानको आधिकारीक विक्री केन्द्र संचालनमा ल्याएको हो ।

केही समय अगाडीदेखि सिटी मार्वल्सले विभिन्न टायल्स, मार्वल जस्ता सामाग्री विक्रीवितरण गर्दै आएको र अहिले  नयाँ र अत्याधुनिक शैलीको शोरुम संचालनमा ल्याएको हो ।

विराटनगरका ३ जना व्यावसायीको साझेदारीमा करिब ९ करोडको लगानीमा संचालनमा ल्याइएको सिटी मार्वलका संचालक प्रदिप अग्रवालले जानकारी दिए । संचालकमा प्रदिप अग्रवाल , राजेश बगड़या र मुकेश अग्रवालको लगानी रहेको छ ।

सिटी मार्वलमा ज्याग्वर्सका वाथरुम फिटिङका सावर, कम्वोड,जक्कुजी, गिजर,वेसिन र सोमानीकाको हरेक साइजको टायल्सहरु उपलब्ध रहने सिटी मार्वल्सका सेल्स मेनेजर सुमित अग्रवालले जानकारी दिए ।

पुर्वान्चल मै पहिलो र अत्याधुनिक किसिमका घर ,अफिस, होटल तथा शोरुमहरुमा चाहिने मार्वल र सजावटका सामाग्री पाईने अग्रवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्