प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरे बैज्ञानिक सम्मेलनमा सहभागी हुन भारतमा

<span class='c1'>प्रदेश १ का सामाजिक विकास मन्त्री</span> <span class='c2'>घिमिरे बैज्ञानिक सम्मेलनमा सहभागी हुन भारतमा</span>

विराटनगर, १६ फागुन ।
एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयबाट गएको मन्त्री सहितको टोलीले प्रदेशमा हुन सक्ने संभावित प्राबिधिक शिक्षाको बारेमा अन्तराष्ट्रिय प्राबिधिक बैज्ञानिक सम्मेलनमा सहभागी हुन भारत पुगेको छ ।

ईन्जिनियरिङ्ग, मेडिकल, कृषि, फार्मेसी अनुसन्धानमा विश्व ब्यापिकरणको ढोका अन्तराष्ट्रिय सम्मेलनमा नेपालका तर्फबाट प्राध्यापक डा पशुपति मिश्र र प्रा.डा. महेश दाहालले नेपालको तर्फबाट प्राबिधिक शिक्षाको अहिलेको अबस्था र भबिश्यमा गर्न सकिने कामका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्राध्यापक डा मिश्रले नेपाल प्राबिधिक शिक्षाले गरेको उपलब्धिका बारेमा प्रस्तुत भएको कार्यपत्रमा नेपालले प्राबिधिक शिक्षामा ठुलो फड्को मार्ने क्रममा रहेको उल्लेख गरे । विश्व बजारमा प्रतिस्पर्धि बनाउनको लागि प्रदेश स्तरबाट नै प्राबिधिक विश्वबिद्यालय  संचालनको तयारीमा रहेको बिषयमा पनि छलफल भएको थियो ।
संघीय सरकारको तर्फबाट धेरै ठुला लगानीमा प्रविधिक शिक्षाका लागि पाठाशालाहरु संचालनमा रहेकोभए पनि प्रदेश स्तरबाट हुने प्रबिधिक शिक्षाले प्रदेशको स्वरोजगारको अबस्था सिर्जना हुने बारेमा अहिले भईरहेका पहलको बारेमा छलफल भएको थियो ।
भारतको विवेकानन्द बिश्वबिद्यालमा आयोजित अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले जातीयता, क्षेत्रीयता, धार्मिक आस्था र राजनीति बिचारले जातजातीको दुरी बढाई रहँदा विज्ञान र प्रबिधिले मानवताका बिच एकता ल्याउने काम गर्ने बताए । अहिले पनि विश्वका धेरै समाज, क्षेत्र, देश र विश्व नै बिभिन्न बिषयलाई लिएर विभाजीत रहेको अबस्थामा विज्ञान र प्रबिधिले नै यी बिषयलाई एक ठाउँमा ल्याउन सक्ने बताए ।
सम्मेलनमा स्लोभानिया, स्लोभाकिया, घाना, नाईजेरिया, क्यानाडा, नेपाल तथा भारत सहितका ४५ देशका २५० जना बैज्ञानिक, बिषय बिज्ञ तथा सरकराका प्रतिनिधि सहभागी थिए । ईन्जिनियरिङ, मेडिकल, कृषि, फार्मेसी अनुसन्धानमा विश्व ब्यापिकरण सम्मेलनमा सहभागी हुन नेपालको तर्फबाट मन्त्री जीवन घिमिरे, प्राध्यापक डा. महेशराज दाहाल, प्रा.डा. पशुपति मिश्र, मन्त्रीका स्वकीय सचिव सुशान्त बन्जारा र पितकुमार श्रेष्ठ सहभागी छन् ।
विभिन्न देशका प्रोफेसरहरुले त्यहाँका प्राबिधिक शिक्षाको अबस्था र भोलीका दिनमा गर्न सकिने कामको बारेमा आ–आफ्नो देशबाट कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलन २ दिनसम्म मध्यप्रदेशको सागर स्थीत स्वामी विवेकानन्द विश्वबिद्यालयमा आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्