प्रदेश नम्बर १ मा छुट्टाछुट्टै दुर्घटना ,३ जनाको मृत्यु, २ जना घाइते

<span class='c1'>प्रदेश नम्बर १ मा छुट्टाछुट्टै दुर्घटना</span> <span class='c2'>,३ जनाको मृत्यु, २ जना घाइते</span>

विराटनगर, चैत्र ०२ गते ।

१ नम्बर प्रदेश अन्तर्गत उदयपुर, ताप्लेजुङ र झापा जिल्लामा शुक्रवार भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

उदयपुरः- उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सिवाईमा शुक्रवार सवारी दुर्घटनाम परि १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । दिउँसो २ बजे फत्तेपुरबाट सिवाई तर्फ आउँदै गरेको को १ ख ६३८८ नम्बरको ट्रिपरलाई ओभरटेक गर्ने क्रममा बा ३७ प ८८३६ नम्बरको मोटरसाईकल ट्रिपरसंग ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाईकलमा सवार चालक ईलाम नगरपालिका-८ बस्ने बर्ष ५२ को महेश राई र मोटरसाईकलको पछाडी सवार निजको श्रीमती बर्ष ५० की युरोपिया राई घाईते भई उपचारको विराटनगरस्थित नोबेल अस्पताल पठाईएकोमा उपचारको क्रममा श्रीमती युरोपिया राईको साँझ ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । त्यस्तै घाइते श्रीमानको सोही अस्पतालमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ भने मोटरसाईकल र ट्रिपरलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

ताप्लेजुङः- ताप्लेजुङको मेरिङदेन गाउँपालिका-२ सान्थाक्रा सिरान खामसाक्पा भन्ने स्थानमा ट्याक्टर दुर्घटनाम १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । शुक्रवार अपरान्ह ४ बजे भित्री सडक खण्डमा गोलिया लिएर आउँदै गरेको मे १ त ४९८९ नम्बरको ट्रयाक्टरको अचानक ट्रली पल्टिएर सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । दुर्घटनामा ट्रयाक्टरका सह-चालक जिल्ला ताप्लेजुङ फुङलिङ नगरपालिका-२ बस्ने बर्ष १७ को सुरेन्द्र तामाङको गोलिया र ट्रयाक्टरले किचेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । त्यस्तै ट्रयाक्टरमा सवार ताप्लेजुङ मेरिङदेन गाउँपालिका-२ बस्ने बर्ष १६ को टाँसी शेर्पा घाईते जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको छ । ट्याक्टरका चालक फरार रहेकोले खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

झापा- झापाको कमल गाउँपालिका-४ चुलाचुलीमोडमा शुक्रवार बसको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ । बेलुका साढे ७ बजे पश्चिमबाट पूर्व जाँदै गरेको गरेको मे. १ ख २५३६ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे ८ प ६१६० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल चालक इलाम माङसेवुङ गाउँपालिका-५ मझुवा बस्ने बर्ष २४ को अजय लिम्बुलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते लिम्बुलाई उपचारको लागि दमकस्थित लाईफ लाईन अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्