विराटनगरको मोर्डन एरा स्कूलमा नयाँ तरिका एउटै मन्चमा तीन वटा स्पर्धा

<span class='c1'>विराटनगरको मोर्डन एरा स्कूलमा नयाँ तरिका</span> <span class='c2'>एउटै मन्चमा तीन वटा स्पर्धा</span>

विराटनगर, ५ चैत । विराटनगरको आयल निगम पूर्व रहेको मोर्डन ऐरा स्कूलले बुधबार एउटै मन्चमा तीन वटा प्रतियोगिता सम्पन्न गरेको छ । स्कूल परिसरमा ‘मोर्डन एरा ग्राण्ड फिनाले’ नाम दिएर एउटै मन्चमा तीन वटा स्पर्धा सम्पन्न गरेको हो ।
विद्यार्थीहरूमा भएको अन्तरहिन प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना सिंगीन, डान्सिङ्ग र फेशन शो प्रतियोगिता आयोजना गरेको स्कूलका संस्थापक निर्देशक इन्द्र राईले जानकारी दिए । ‘विद्यार्थीहरूमा अनेक प्रकारको प्रतिभा हुने गरेको छ,’ स्कूलका निर्देशक राईले भने, ‘उनीहरूको प्रतिभा खोजी गर्न यस्तो प्रतियोगिता आयोजना गरेको हो ।’ भिन्न तरिकाले रोचक बनाउन पनि एउटै मन्चमा तीन वटा प्रतियोगिता गरेको उनले बताए ।
प्रतियोगितामा स्कूलमा नर्सरीदेखिको कक्षा १२ सम्म अध्ययरत विद्यार्थीहरूले प्रतियोगितामा भाग लिएको स्कूलका प्रिन्सिपल राम घिमिरेल बताए । जुनियतर्फको नृत्यमा १२, सिनियरतर्फको ८ जनाले भाग लिएका थिए भने गायनतर्फ १० जनाले भाग लिएको स्कूलले जनाएको छ । प्रतियोगिताको निर्णायकहरूमा गायक सुमन श्रेष्ठ, दिपेन थापा, नृत्य निर्देशक मनोज कुमार राजवंशी र स्कूलकी शिक्षीका अम्बिका श्रेष्ठ गरेकी थिइन् ।
प्रतियोगिताको बिजेता हुने प्रतियोगिहरूलाई स्कूलका अभिभावक तथा पूर्व प्रमुख जिल्ला अधिकारी केशबबहादुर केसी, प्रिन्सिपल राम घिमिरे, निर्देशक इन्द्र राई, प्लस टुको कोर्डिनेटर ठाकुर भण्डारी, भाइस प्रिन्सिपल प्रकाश झालगायले आकर्षक ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्