आइसिसी यू–१९ विश्वकप एसिया छनोटका लागि रोहित पौडेलको कप्तानीमा राष्ट्रिय टोली घोषणा

आइसिसी यू–१९ विश्वकप एसिया छनोटका लागि रोहित पौडेलको कप्तानीमा राष्ट्रिय टोली घोषणा

काठमाडौँ– यही चैत २७ गतेदेखि मलेशियामा हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ विश्वकप एसिया छनोटका लागि रोहितकुमार पौडेलको कप्तानीमा राष्ट्रिय टोली घोषणा गरिएको छ । चौध सदस्यीय नेपाली युवा टोलीमा कप्तान रोहितसहित चार खेलाडी भीम सार्की, पवन सर्राफ र सन्दीप जोरा छन् ।

त्यस्तै रित गौतम, कमलसिंह ऐरी, रासिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरिबहादुर चौहान, प्रतिश जिसी, सूर्य तामाङ रहेको छन् । वैकल्पिक खेलाडीमा लोकेश बम, शेर मल्ल, आकास चन्द र रविकुमार साह छन् । त्यस्तै व्यवस्थापकमा रमन सिवाकोटी, मुख्य प्रशिक्षकमा विनोदकुमार दास र फिजियोमा विक्रम न्यौपाने रहेको प्रशिक्षक दासले जानकारी दिए । प्रतियोगिता खेल्न नेपाल आगामी शनिबार मलेशिया प्रस्थान गर्ने तालिका रहेको छ ।

नेपालले छनोटको पहिलो खेलमा यही चैत ३० गते संयुक्त अबर इमिरेट्स (युएइ)सँग खेल्नेछ । दोस्रो खेलमा आगामी वैशाख २ गते मलेशियासँग, वैशाख ३ गते ओमनसँग र वैशाख ५ गते कुवेतसँग खेल्नेछ । प्रतियागितामा शीर्ष स्थानमा रहने टोली युवा विश्वकपमा छनोट हुनेछ । दक्षिण अफ्रिकामा हुने आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्