पति र सासूले जिउँदै जलाएर गम्भीर घाइते भएकी कन्चन मण्डलको निधन

पति र सासूले जिउँदै जलाएर गम्भीर घाइते भएकी कन्चन मण्डलको निधन

काठमाडौं, १३ बैशाख ।  सिरहामा आफ्नै पति र सासूले जिउँदै जलाएर गम्भीर घाइते भएकी कन्चन मण्डलको निधन भएको छ। उनको सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

सिरहा नगरपालिका-८ की २१ वर्षीय मण्डललाई बिहीबार पति र सासु मिलेर जिउँदै जलाएर हत्याको प्रयास थिए।कन्चनकाे शरीरकाे ५० प्रतिशत माग जलेकाे थियो। जलिरहेकाे अवस्थामा देखेपछि उनलाई छिमेकीहरुले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए।त्यहाँ उपचार सम्भव नभएपछि सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा ल्याइएको थियो।

अन्तत: उनको अस्पतालमा भर्ना गरेको केही समयमै ज्यान गएको पारिवारिक स्रोतले नेपाल लाइभलाई जानकारी दियो।श्रीमतीलाई जिउँदै जलाउन खाेज्ने पति बेचन मण्डल फरार छन् भने कन्चनकी सासूलाई भने सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ।

यसअघि गएकाे बैसाख ५ गते धनुषाको शहिदनगर नगरपालिका-१, पुरवारी टोल चिरैयाकी २० वर्षीया नवविवाहिता निर्मला यादवलाई पति मुकेश यादव गोइतले शरीरमा मट्टितेल खन्याएर आगो लगाएका थिए। तराई क्षेत्रमा दाइजाे नल्याएकाे तथा कम ल्याएकाे भन्दै महिलामाथि गम्भीर प्रकृतिका हिंसा हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्