विराटनगर, १७ वैशाख । प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालय अन्र्तगत व्यावसायिक तथा सिप विकास तालिम केन्द्र भद्रपुरको आर्थिक सहयोग निशुल्क सिप विकास तालिम सुरु गरिएको छ ।
विराटनगर ५ सम्झना चोकमा रहेको गौरीभक्त होटल मेनेजमेन्ट एण्ड टेक्नोलोजी टे«निङ सेन्टरले एक महिने निशुल्क सिप विकास तालिम सुरु हो । तालिमको उद्घाटनमा विराटनगरका वडा नम्बर ५ का वडा अध्यक्ष मिनकुमार आर्चय , सिप विकास तालिम केन्द्रका प्रमुख सुमेन्द्र मण्डल राजवशीले आफूले सिकेका सिपलाई व्यावहारिक रुपमा उर्तान सहभागीलाई आग्रह गरे ।
आधारभुत सिप विकास तालिमहरु सिक्नाले भोलीको दिनमा आफैलाई फाईदा पुग्ने जानकारी दिँदै तालिमले निखारता प्रदान गर्ने बताए ।
गौरीभक्त होटल मेनेजमेन्ट एण्ड टेक्नोलोजीले मंगलबारदेखि ड्राईभिङ्ग र कुक सम्बन्धी निशुल्क एक महिने तालिम सुरु गरेको गौरी भक्त होटल मेनेजमेन्टका संचालक प्रकाश पुरीले जानकारी दिए ।
निशुल्क तालिममा ड्राईभिङ्गमा ४० र कुकमा ४० जनाले प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।