विराटनगर बसपार्कमा १ सय ६१ जना मजदुरको स्वास्थ्य जाँच

<span class='c1'>विराटनगर बसपार्कमा १ सय ६१</span> <span class='c2'>जना मजदुरको स्वास्थ्य जाँच</span>

विराटनगर, १७ वैसाख । मे दिवसको अवसरमा विराटनगरमा मजदुरहरुको स्वास्थ्य चेकजाँच गरिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र माईक्रो ईकाई कमिटी विराटनगरले संयुक्त रुपमा स्वास्थ्य शिविर आयोजना गरेको हो ।

विराटनगरबाट छुट्ने लामो तथा छोटा दुरीका सवारी साधनमा काम गर्ने मजदुरहरुको स्वास्थ्य चेकजाँच गरिएको छ । स्वास्थ्य शिविरमा आँखा, नाक ,कान घाँटी, चिनी रोग, प्रेसर, थाईराईड, कलेजो तथा पेट सम्बन्धी चेकजाँच गरिएको थियो ।
विराटनगरमा रहेको म्याक्स हस्पिटलको प्राविधिक सहयोगमा आयोजना गरिएको स्वास्थ्य शिविरमा विभिन्न रोग सम्बन्धी परामर्श प्रदान गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन महानगर कमिटिका अध्यक्ष उत्तम कुमार बञ्जाराले जानकारी दिए । स्वास्थ्य शिविरमा मजदुर, यातायात व्यावसायी, बसपार्क काउण्टर कर्मचारी, जिफन्टमा आवद्ध पदाधिकारी तथा स्थानियवासी गरी १ सय ६१ जनाले स्वास्थ्य लाभ लिएको बञ्जराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्