विराटनगर, २० वैशाख । तपाईलाई कुनै काममा खटिएका बेला आएको भत्ता पाउनुभयो भने के गर्नुहुन्छ ? पक्कै पनि साथीभाईसँग बसेर रमाईलाे वा घरखर्चमा जान्छ हाेला । तर सबैको मन त्यस्ताे नहुनपनि सक्छ । हो आफूलाई काम गरिए वापत आएको भत्ता विराटनगरका एक युवाले आश्रममा बसेका वृद्धा आमाहरुलाई सम्झीएर भोजन गराएका छन् ।
विराटनगरमा केही समय अगाडी भएको अन्तराष्ट्रिय महिला साफ फुटवल च्याम्पीयनसिपमा खटिएका विराटनगरका फुटवल रेफ्री विक्की कार्कीले पाएको भत्ता आश्रममा पुगेर वृद्धाहरुकाे सेवामा खर्च गरेका छन् । उनले प्रप्त रकम खाना तथा कपडा वितरणमा गरेका छन् ।
विराटनगर १ पुष्पलाल चोकमा रहेका १० जना वृद्धा आमाहरुलाई भोजन, साडी, कपडा र नगद सहित सहयोग गरेका छन् । उनले माता तिर्थऔँसीकाे अवसर पारेर वृद्धा आमाहरुलाई एक छाक खाना तथा आमाहरुलाई चाहिनेलत्ता कपडा वितरण गरेका छन् । उनले भत्ता आएको रकम कुनै सामाजिक सेवा कार्यमा प्रयोग गर्ने गरेको बताए । यस पटक पनि उनले साफ महिला फुटबल च्याम्पीयनसिपमा खटिएको बेला आएको रकमबाट आमाहरुलाई सम्झीएको तर्क गरे ।