विराटनगर, २० वैशाख । प्रदेश नं १ का प्रमुख प्रा. डा. गोविन्दवहादुर तुम्वाहाङले मुलुकमा सुशासन कायम गर्न सञ्चारजगतको ठूलो भूमिका रहेको वताएका छन् ।
२६ औं विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा भवानीप्रसाद – जीवादेवी रेग्मी स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमा बोल्दै तुम्बाहाङ्गले त्यस्तो बताएका हुन् । प्रमुख प्रा.डा तुम्वाहाङले सरकारले गरेका गलतकार्यलाई खवरदारी गरी जनतालाई सही सत्य समाचार सम्प्रेषण गर्न राष्ट्रको चौथो अङगको रुपमा रहेको पत्रकारिता एउटा सम्मानित पेशा रहेको उल्लेख गरे । उनले देश र जनताप्रति दायित्व रहेको पत्रकारहरुले आफ्नो ज्यानलाई जोखिममा राखि जनतालाई सुशुचित गराउने कार्य गरिरहेका छन् भन्दै नागरिकको स्वपतन्त्रा कायम राखी मानवअधिकारको संरक्षण गर्नु ठूलो जिम्मेवारीपूर्ण दायित्व रहेको बताए ।
४१ हजार १११ हजार राशीकाे जीवादेवी रेग्मी स्मृति पत्रकारिता पुरस्कार विराटनगरमा प्रकाशित हुने उद्घोष दैनिकका प्रधान सम्पादक मोहन भण्डारीलाई प्रदान गरिएकाे मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेलले जानकारी दिए । नेपाल पत्रकार महासंघ मोरङद्वारा आयाेजित कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य महेश रेग्मी , महासंघ प्रदेश महासचिव विवेक गौतम, महासंघका उपसभापति कुमोद अधिकारी ,महासंघ मोरङका पूर्व अध्यक्ष शिववहादुर कार्की लगायतले पत्रकारहरुको हकहितका पक्षमा बोलेका थिए ।