देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड निःशुल्करूपमा उपलब्द गराइने

<span class='c1'>देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई</span> <span class='c2'>सेनेटरी प्याड निःशुल्करूपमा उपलब्द गराइने</span>

काठमाडौँ,  वैशाख २१ गते । देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड निःशुल्करूपमा उपलब्द गराइने घोषणा गरिएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्दै सो घोषणा गर्नुभएको हो ।
सामान्यतया कक्षा ६ मा पुगेका छात्राको महिनावारी सुरु हुने गर्छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कक्षा ६ देखि १० सम्म करिब १२ लाख छात्रा सामुदायिक विद्यालयमा अध्ययनरत छन् ।
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले ती सबै विद्यार्थीलाई नियमितरुपमा सेनेटरी प्याड दिने कुरा निकै चुनौतीपूर्ण रहेको बताउँदै थप्नुभयो, “यसको व्यवस्थापन महत्वपूर्ण हुन्छ । सधैं वितरण गर्नेभन्दा घरमै बनाउन सिकाउने कार्यक्रम बढी प्रभावकारी हुन्छ ।” sanitary-pads
यसैगरी, सरकारले शैक्षिक क्षेत्र सुधारमा योगदान पु¥याउन छुट्टै कोष खडा गरी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । यस्तो कार्यक्रम पहिलोपटक थालनी गर्न लागिएको हो । विक्रम सम्वत् २०७६ देखि २०८५ सम्मलाई सार्वजनिक विद्यालय सबलीकरण दशकका रूपमा कार्यान्वयन गरी शैक्षिक गुणस्तर अभिवुद्धि कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम पनि अगाडि सारिएको छ ।
राष्ट्रपति भण्डारीले चिनौं आफ्नो माटो, बनाऔँ आफ्नै देश अभियान सञ्चालन गरी स्नातक युवालाई फेलोसिपसहित मुलुकभर परिचालन गरिने बताउनुभयो ।  मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, योगमाया आयुर्वेद विश्वविद्यालय र राष्ट्रिय प्रतिरक्षा विश्ववविद्यालय स्थापना गरिने भएको छ ।  सरकारको नीति तथा कार्यक्रममा यी विश्वविद्यालय स्थापना गर्ने योजना अगाडि सारिए पनि यी केन्द्रीय वा प्रादेशिक विश्वविद्यालय हुन् भन्ने स्पष्ट नभएको शिक्षाविद् डा. कोइरालाको भनाइ छ । यसैगरी, सरकारले विद्यार्थीलाई सार्वजनिक तथा निजी संस्था एवं प्रतिष्ठानको कार्यस्थलमा इन्टर्न गराउने भएको छ । आगामी दुई वर्षभित्र विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गराइने र नेपाललाई साक्षर नेपाल घोषणा गर्ने कार्यक्रम ल्याइएको छ । सरकारले २०६५ सालदेखि नै दुई वर्षभित्र नेपाललाई निरक्षरतामुक्त गर्ने योजना अगाडि सार्दै आए पनि सम्भव हुन सकेको छैन ।
शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रममा प्राथमिक तहमा भर्ना भएको जुनसुकै विद्यार्थीले माध्यमिक तह पूरा गर्ने सुनिश्चित गर्न लक्षित वर्गलाई छात्रवृत्ति, दिवाखाजा र विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गरिने प्रस्ताव गरिएको छ । त्यसैगरी विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्ने सुनिश्चितताका लागि सामुदायिक विद्यालयका शिक्षकलाई नियमित तालिम प्रदान गर्नुका साथै शैक्षिक सामग्रीको उत्पादन र वितरणमा जोड दिइने उल्लेख छ ।
त्यस्तै, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार, समृद्ध नेपाल निर्माणको आधार कार्यक्रम अन्तर्गत आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिने छ ।
सबै सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण गर्न सुरु गरिने, पानीजहाज, रेल यातायात, सुरुङ प्रविधि, खनिज अन्वेषण, जलाशययुक्त जलविद्युत् आयोजनालाई आवश्यक पर्ने दक्ष जनशक्ति विकास गर्न छात्रवृत्तिमा स्वदेश तथा विदेशमा अध्ययन गराइने भएको छ । त्यसैगरी प्राविधिक शिक्षामा नेपालको मौलिक कला, संस्कृति र ज्ञानको संरक्षण र प्रवर्द्धन गर्ने विषय समावेश गरी यससम्बन्धी सीपयुक्त जनशक्ति विकास गरिने कार्यक्रम अगाडि सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्