विराटनगर, २१ बैशाख ।
आदिबासी जनजाति महांसघ बेलबारी मोरङले तीनदिने फुड फेस्टिवल गर्ने भएको छ ।
वैशाख २५ गतेदेखि २७ गतेसम्म बेलबारीको तमु बुद्धिष्ट गुम्बा मौलिक संस्कार संस्कृतिको प्रर्बद्धन गर्ने उद्देश्यका साथ फुड फेस्टिवल गर्न लागिएको नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषदले जनाएको छ । प्रदर्शनीमा बेलबारी नगरपालिकामा रहेका १६ वटा जातिय संस्थाको खाना परिकारसहित उनीहरुका पहिरनसमेत राखिने महासंघका सचिव मनकुमार गुरुङले बताए । १६ जातिका लागि ३२ वटा स्टल रहने सचिव गुरुङले जानकारी दिए ।