आज कानुन दिवस : देशका सबै अदालत बन्द

<span class='c1'>आज कानुन दिवस :</span> <span class='c2'>देशका सबै अदालत बन्द</span>

नेपाल प्रधान न्यायालय ऐन, २००८ जारी भई २००९ साल वैशाख २६ गते सो ऐनमा लालमोहर लगाएको स्मरण गर्दै हरेक वर्ष वैशाख २६ गते कानुन दिवस मनाँइन्छ । सोही अनुसार आधुनिक न्याय प्रणालीको शुरुवातका रुपमा आज राष्ट्रिय कानुन दिवस मनाइँदैछ ।

कानुन दिवस मनाउँन सर्वोच्च अदालतले देशभरका न्यायालयमा सार्वजनिक बिदा दिएको छ। आज सर्वोच्च अदाललते राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतकाे उपस्थितिमा विशेष कार्यक्रमका साथ कानुन दिवस मनाउँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले दिवसका अवसरमा शुभकामना सन्देश दिंदै स्वतन्त्र न्यायपालिका, विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिवद्ध रहँदै निश्पक्ष र सक्षम न्यायापालिकाको प्रवद्र्धन गरिने बताएका छन् । नागरिकलाई निष्पक्षरूपमा न्याय दिलाउन उनले न्यायलयको शुद्धीकरण अभियानसमेत सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्