विराटनगर २६ वैसाख । विराटनगरको नमस्कार होटलमा भोली शुक्रबारदेखि दुई दिने भारतीय शैक्षिक मेला लाग्ने भएको छ ।
भारतका विभिन्न कलेज तथा विश्वविद्यालयमा पढ्न जाने बिद्यार्थीहरुको लागी परामर्स दिने हिसावले मेला आयोजना गरिएको हो । बहृत भारतिय शैक्षिक मेला आयोजक समितिले विराटनगरमा विहीबार पत्रकार सम्मेलनको आयोजना गरी दुई दिने मेला लाग्नेबारे जानकारी गराएको हो ।
बिराटनगरको होटेल नमस्कारमा बैशाख २७ गते र २८ गते आयोजना गरिने उक्त शैक्षिक मेलामा भारतका ३० बढी विश्वबिद्यालयको उपस्थिति रहने आयोजकले जनाएको छ । बिराटनगरको कृष्ण फाउन्डेसनको आयोजनामा हुन लागेको उक्त शैक्षिक मेलामा बिभिन्न विश्वबिद्यालयको छात्रवृत्ति समेत दिइने आयोजकले जनाएको छ । बिराटनगरको वाइड रेन्ज कन्सल्टेन्सीले छात्रवृत्तिको लागि पहल गर्ने बताइएको छ । कार्यक्रम बिहान १० बजे देखि ६ बजेसम्म हुनेछ भने मेलामा आउने बिद्यार्थीहरुको लागि विभिन्न उपहार समेत राखिएको छ ।