राजपाले अध्यक्षमण्डलीय प्रणाली हटाउने , एकल अध्यक्ष प्रणालीमा लग्ने

<span class='c1'>राजपाले अध्यक्षमण्डलीय प्रणाली हटाउने ,</span> <span class='c2'>एकल अध्यक्ष प्रणालीमा लग्ने</span>

काठमाडौ वैशाख २९ गते ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको अध्यक्षमण्डलीय प्रणाली हटाउने भएको छ ।  अगामी महाधिवेशनपछि राजपा नेपालमा रहेको अध्यक्षमण्डल प्रणालीलाई हटाएर एकल अध्यक्ष प्रणालीमा लग्ने तयारी भइरहेको छ । हाल छजना सदस्य रहेको अध्यक्षमण्डल रहेको छ । अध्यक्ष मण्डलका सदस्यहरु दुई दुई महिनाका लागि चक्रप्रणालीमा संयोजक रहने गरेका छन् ।

महाधिवेशनका लागि तयार भएको विधानमा अगामी महाधिवेशनपछि अध्यक्षमण्डलीय प्रणाली नरहने उल्लेख गरिएको छ । कात्तिक २८, २९ र ३० गते हुने पार्टीको पहिलो एकता महाधिवेशनपछि पार्टी एकल अध्यक्ष प्रणालीमा चल्ने पार्टी महासचिव एवं प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।

२०७४ वैशाख ७ गते मधेश केन्द्रीत छवटा दल मिलेर राजपा नेपाल बनेको थियो । सामूहिक नेतृत्वका लागि छजना अध्यक्ष रहने गरि अध्यक्षमण्डल बनाईएको थियो । अध्यक्षमण्डलका कारण संगठन निर्माणमा समस्या भएको भन्दै तल्लो तहबाट अध्यक्ष प्रणालीबाट पार्टी सञ्चालन गर्नुपर्ने सुझाव आएको थियो । सुझाब अनुसार अगामी महाधिवेशनपछि पार्टीलाई त्यस्तो प्रावधान लैजान लागिएको झाले बताउनुभयो ।

पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठन भएको विधान मस्यौदा तयारी समितिले विधान तयार गरिसकेको छ । वैशाख ३० गते बस्ने समितिले त्यसलाई अन्तिम रुप दिएर अध्यक्षमण्डललाई बुझाउने पार्टीका महासचिव रामलाल सुतियारले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्