चट्याङ लागेर एक महिलाको मृत्यु

<span class='c1'>चट्याङ लागेर एक</span> <span class='c2'>महिलाको मृत्यु</span>

विराटनगर,३१ बैशाख। चट्याङ लागेर मोरङको रतुवामाई नगरपालिका-४ कटघरामा एक महिलाको मृत्यु भएको छ ।

हावाहुरीसँगै परेको चट्याङ लागेर राति १ बजे सोही स्थान बस्ने ५० वर्षीया सञ्जोदेवी गनगईं सिंहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

चट्याङ लागेर मृतकका देवर वर्ष ५० का बुधलाल सिंह र छोरा वर्ष १५ को सुरेश सिंह सामान्य घाइते भएका छन् । उनीहरु रंगेली अस्पतालमा उपचार गराएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्