विराटनगर, १ जेठ। विकिपिडिया एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले पढ्न र सजिलै सम्पादन गर्न सक्दछन।
विकिपिडियाको पहिचान, सुधार र नेपालका विभिन्न समुदायहरूमा यसको प्रयोगको बारेमा जानकारी गराउन विराटनगरमा विकि जागरूकता अभियान सुरु हुदैँ छ।यस अन्तर्गत बिलबोर्डस् पहल परियोजनामा नेपालका दुईवटा सहरहरु विराटनगर र जनकपुरका मुख्य स्थानहरू चयन गरी नेपाली र मैथिली समुदायमा विकिपीडियाको जागरूकता बढाउन त्यहाँ होर्डिङ लगाइनेछ।
मुख्य रूपमा नयाँ पाठकहरूलाई आकर्षित गराउने उद्देश्यले सञ्चालन गरिन लागिएको यस परियोजनाका संयोजक तुलसी भगतले जानकारी दिए ।
यसका साथै विकिमिडियनस् बिप्लब आनन्द, संजोग देव, विजय चौरसिया, पंकज देओ र संदीप राउतले नेतृत्व गर्दैछन।