देशभरका पत्रकार आन्दोलित, विराटनगरमा हातमा काटोपट्टी बाँधेर कार्यस्थलमा

देशभरका पत्रकार आन्दोलित, विराटनगरमा हातमा काटोपट्टी बाँधेर कार्यस्थलमा

विराटनगर, १ जेठ । प्रेस स्वतन्त्रतामा अंकुश लगाउने गरी आउन लागेको कानुनको बिरोधमा बिराटनगरमा पत्रकारले बिराध जनाएका छन् ।

सरकारले सदनमा पेश गरेको प्रेस काउन्सिल बिधेयकले पत्रकारलाई अप्ठेरो पार्ने निश्कर्ष सहित नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्देशनमा बिरोध भएको हो ।
नेपाल पत्रकार महासङ्घले देशभर आन्दोलनका कार्यक्रम घोषणा गरेपछि पत्रकार महासङ्घ मोरङ शाखाले पनि प्रेस स्वतन्त्रता विरोधी प्रेस काउन्सिल विधेयक खारेज गर्न माग गर्दै पत्रकारले कालोपट्टि बाँधेर विरोध जनाएका छन् । पत्रकारहरूले बुधबार विहानैदेखि हातमा कालो पट्टि बाँधेर कार्यस्थलमा खटेर काम गरेका थिए ।
उक्त विधेयकको नेपाल पत्रकार महासंघ लगायत पत्रकार सम्बद्ध संघसंस्था, मानव अधिकार आयोग, नागरिक समाज लगायतले विरोध गर्दै संसोधन हुनुपर्ने माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्