विराटनगर, ३ जेठ। विराटनगरमा रहेर संसदीय रिर्पोटिङ गर्ने पत्रकारको भेलाले गणेश लम्सालको अध्यक्षतामा ९ सदस्यीय संसदीय पत्रकार मञ्च प्रदेश १ गठन गरेको छ ।
मञ्चको उपाध्यक्ष बाबुराम भण्डारी, सचिव कुमार लुइँटेल, सहसचिव तारा आचार्य र कोषाध्यक्ष बिनु तिम्सिना रहेका छन । त्यसैगरी सदस्यहरू अनन्त न्यौपाने, सुमन सुस्केरा, मिलन बुढाथोकी र ध्रुव भट्टराई रहेका छन् । भेलाले मञ्चको विधान मस्यौदा समितिमा पत्रकार अनन्त न्यौपाने, राजु अधिकारी, विवेक गौतमलाई चयन गरेको छ । भेलाले तीन महिनाभित्र साधारण सभा बोलाएर नयाँ कार्यसमिति चयन गर्ने निर्णय पनि गरेको छ ।