विराटनगरमा सुनसरी -मोरङका पत्रकारलाई स्वास्थ्य अभिमुखीकरण

विराटनगरमा सुनसरी -मोरङका पत्रकारलाई स्वास्थ्य अभिमुखीकरण

विराटनगर, ९ जेठ । सामाजिक विकास मन्त्रालयको आयोजनामा नेपास प्रेस इन्स्टिच्युट क्षेत्रीय संचार स्रोत केन्द्र विराटनगरको सहकार्यमा सुनसरी र मोरङका पत्रकारहरुका लागि स्वास्थ्यको बिषयमा पत्रकारिता अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले लिइएको रणनीति, प्रदेश सरकारले गरेका काम र प्रदेश १ मा स्वास्थ्य क्षेत्रमा थप के के काम गर्न सकिन्छ भनेर सुझाव समेत दिइएको थियो । तिन दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दे सामाजिक विकास मन्त्रालयका सचिव हरीप्रसाद दाहालले सामाजिक विकास मन्त्रालयले गरेका कामको जानकारी गराएका थिए । सचिव दाहालले मन्त्रालयले यो बर्ष नीति तथा कार्यक्रम बनाउन व्यस्त रहेको बताउदै प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशाला स्थापना, मंगलबारे ट्रमा सेन्टरको स्थापना, स्वास्थ्य जीवन कार्यक्रम मार्फत सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना जस्ता प्रदेशले आगामी योजनामा समेटिएको जानकारी दिए ।
यस्तै मन्त्रालयका स्वास्थ्य शाखाका डाक्टर सरोजकुमार मण्डलले प्रदेश १ को समग्र स्वास्थ्यको अवस्थाका बारेमा जानकरी गराएका थिए । उनले अहिले नेपालमा सर्ने भन्दा नसर्ने रोगीको खतरा बढेर गएको बताए ।
उनले खानपान र आहार व्याहारमा सजग हुनु पर्नेमा जोड दिए । कार्यक्रममा मोरङ र सुनसरीका ३० जना पत्रकारहरुको सहभागीता रहेको छ । अभिमुखीकरणको पत्रकार यज्ञ शर्मा, कोशी अञ्चल अस्पतालका मेसु डाक्टर रोशन पोखरेल लगायतले सहजीकरण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्