विराटनगरमा सुरु भएको स्वास्थ्य सम्बन्धी ३ दिने पत्रकारिता अभिमुखीकरण सम्पन्न

<span class='c1'>विराटनगरमा सुरु भएको स्वास्थ्य सम्बन्धी</span> <span class='c2'>३ दिने पत्रकारिता अभिमुखीकरण सम्पन्न</span>

विराटनगर, ११ जेठ । सुनसरी र मोरङका पत्रकारहरुका लागि स्वास्थ्य सम्बन्धी ३ दिने पत्रकारिता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालयको सहयोगमा नेपाल प्रेस इन्स्टिच्युट क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरले आयोजना गरेको तीन दिने अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले लिइएको रणनीति, प्रदेश सरकारले गरेका काम र प्रदेश–१ मा स्वास्थ्य क्षेत्रमा थप के–के काम गर्न सकिन्छ भनेर सुझावसमेत दिइएको थियो ।
तिन दिने अभिमुखीकरण कार्यक्रममा कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन डा रोशन पोखरेलले मानसिक अवस्थाको बारेमा, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखाका डाक्टर सरोजकुमार मण्डलले मन्त्रालयका गतिविधि र स्वास्थ्य कर्मचारी केशु काफ्लेले सुरक्षीत मातृत्व तथा प्रजनन् स्वास्थ्यको बारेमा जानकारी गराउनु भएको थियो । यसैविच विराट टिचिङ हस्पिटलमा पुगेर स्वास्थ्य सम्बन्धी डा. ज्ञानेन्द्रमान सिह कार्कीसँग छलफल गरिएको नेपाल प्रेस इन्स्टिच्युट क्षेत्रीय सञ्चार स्रोत केन्द्रका विरेन्द्र शर्माले जानकारी दिनुभयो ।
मोरङ र सुनसरीका ३० जना पत्रकारहरुको सहभागीता रहेको कार्यक्रममा वरिष्ठ पत्रकार यज्ञ शर्मा, मोहन भण्डारी लगायतले सहजीकरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्