बिराटनगरमा १७ बर्षे युवाको आयोजनामा प्रदेश स्तरीय प्रिन्सिपल समिट सम्पन्न

<span class='c1'>बिराटनगरमा १७ बर्षे युवाको आयोजनामा</span> <span class='c2'>प्रदेश स्तरीय प्रिन्सिपल समिट सम्पन्न</span>

बिराटनगर जेठ १२ ,

उमेरले सानो तर काम र सोच रे परिपक्व रहेका बिराटनगरका एक १७ बर्षीय युवाको आयोजनामा बिराटनगरमा अहिलेसम्म कै ठुलो प्रदेश नम्बर १ स्तरीय "प्रिन्सिपल समिट" सम्पन्न भएको छ । बिराटनगरको मेरिल्याण्ड कलेजबाट भर्खरै कक्षा १२ को परिक्षा दिएका १७ बर्षीय बैभव नाहाटाको अगुवाइमा शनिबार प्रदेश नम्बर १ का १० शहरबाट १२५ बढी प्रिन्सिपलहरुको सहभागितामा उक्त समिट बिराटनगरको ह्यारिसन होटेलमा सम्पन्न भएको हो ।

शिक्षा क्षेत्रका बरिष्ठ ब्याक्तित्व सहित प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षा क्षेत्रको बारे छलफल साथै मन्त्री र प्रिन्सिपलहरु बीच अन्तरक्रिया भएको थियो ।

सक्सेस सोसाइटी इन्टरनेसनलको आयोजनामा भएको उक्त कार्यक्रममा अन्य बिभिन्न सस्थाले पनि आफ्नो प्रोडक्स प्रस्तुत गरेका थिए । प्रदेश नम्बर १ का बिभिन्न स्कुल तथा कलेजका प्रिन्सिपलहरु सहित शिक्षा क्षेत्रमा सरोकारवाला सबैको उपस्तिथि रहेको कार्यक्रममा युवा मोटिभेटर शौनक भट्टको पनि सेसन रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्