प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ लाई २ सय ५ रनको लक्ष्य , दिपेशले लिए ३ विकेट

<span class='c1'>प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ लाई २ सय</span> <span class='c2'>५ रनको लक्ष्य , दिपेशले लिए ३ विकेट</span>

बिराटनगर जेठ १२ ,

विभागीय क्लब त्रिभुवन आर्मीले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ लाई २ सय ५ रनको लक्ष्य दिएको छ । मूलपानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मीले ४५.३ ओभरमा अलआउट हुँदै २ सय ५ रनको लक्ष्य दिएको हो ।

आर्मीका लागि राजेश पुलामीमगरले अर्धशतक बनाए । ९३ बल सामना गरेका उनले ४ चौकाको मद्दमा ५६ रन बनाए । हरी चौहानले ४१ रन बनाउँदा कप्तान विनोद भण्डारीले ३०, करण केसीले २६ रनको योगदान दिए ।
कुशल मल्ल १६ रनमा पभेलियन फर्किंदा रोहित पौडेल र जितेन्द्र मुखियाले ८–८ तथा राजु रिजालले ६ रन बनाए । प्रदेश १ का दिपेश कँडेलले ३ विकेट लिए । मुकुन्द यादव, सिदान्त लोहनी र फरदोस अन्सारीले २–२ विकेट लिए । पुष्प थापाको नाममा १ विकेट रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्