बिराटनगरमा जब सडकमा रहेको ट्रकमा अचानक आगो लाग्यो (तस्बिर सहित)

<span class='c1'>बिराटनगरमा जब सडकमा रहेको ट्रकमा</span> <span class='c2'>अचानक आगो लाग्यो (तस्बिर सहित)</span>

बिराटनगर जेठ १२ ,

बिराटनगरमा आज दिउसो अचानक एउटा ट्रकमा आगलागी भएको छ । बिराटनगरको महेन्द्र चोक छेउमा सडकमा निर्माणकार्य जारीरहेको अवस्थामा उक्त आगलागी भएको हो । ना १ क ८०१६ नम्बरको ट्रकमा सडक पिच गर्न अलकत्रा   बोकेको अवस्थामा एक्कासी आगलागी सुरु भएको स्थानीयले  बताएका छन् ।

बिराटनगर महानगरपालिकाको २ वटा दमकलले उक्त आगो निभाएको छ भने ट्रकको आधा बढी भाग जलेको छ । घटनाबाट कुनै मानवीय क्षति भने भएको छैन । के कारण आगो लागेको भन्ने यकिन जानकारी आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्