बिराटनगरको एजेलिया स्कुलका विद्यार्थी विमानस्थलको जहाज कन्ट्रोल टावरमा

<span class='c1'>बिराटनगरको एजेलिया स्कुलका विद्यार्थी</span> <span class='c2'>विमानस्थलको जहाज कन्ट्रोल टावरमा</span>

विराटनगर जेठ १२ , विराटनगर स्थित एजेलिया सेकेण्डरी स्कूलका विद्यार्थीहरूले आइतबार विराटनगर विमानस्थलको जहाज कन्ट्रोल टावर भम्रण गरेका छन् । कक्षा ८, ९ र १० का १२६ जना बिद्यार्थीले कन्ट्रोल टावर भम्रण गरेका थिए ।

पढाइका साथै अतिरिक्त क्रियाकलापमा समेत अब्बल बनाउने उदेश्यसाथ स्कुलले आफ्नो वार्षिक तालिका अन्तरगत भ्रमण आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सेवक वजगाईले बताए ।

विराटनगर कन्ट्रोल टावरमा विद्यार्थीहरूले "भीएचएफ" सेट मार्फत जहाजलाई दिने सुचना तथा निदेशन, जहाजको उचाई अनुसारको मौसम सम्बन्धी जानकारीे, तापक्रम सम्बन्धी चार्ट पाइलटसँगको कुराकानीको आधारमा जहाजलाई कसरी नियन्त्रणमा राख्ने आदिको बारेमा विद्याथीहरूले जानकारी लिएका थिए ।

टाबर भ्रमणबाट विद्यार्थीहरूले जाहजको उडान र अवतरणका विषयमा प्राविधीक ज्ञान हासिल गरेको र आगामी दिनमा पनि यस्तै महत्तवपूर्ण क्षेत्रमा भ्रमण गराई विद्यार्थीलाई सुसुचित गराउने प्रिन्सिपल वजगाईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्