विराटनगरको बजार क्षेत्रमा सुविधासम्पन्न शौचालय र उद्यान बन्ने , यस्ता हुने छन् सुबिधा …

<span class='c1'>विराटनगरको बजार क्षेत्रमा सुविधासम्पन्न शौचालय र उद्यान</span> <span class='c2'>बन्ने , यस्ता हुने छन् सुबिधा …</span>

विराटनगर, जेठ १४ गते ।

विराटनगर महानगरपालिका धेरै पुरानो शहर भएर पनि बजारमा विश्राम लिने र शौचालय प्रयोग गर्ने सुविधाको अभाव अब नहुने भएको छ । औद्योगिक नगरी, राजनीतिज्ञको कर्म एवं जन्मभूमिले चिनिने विराटनगर महानगरपालिकाको वडा नं ९ अन्तर्गत बजार क्षेत्रमा सुविधासम्पन्न शौचालय र उद्यानको अभाव थियो । दिनप्रतिदिन बजारको क्षेत्र बढ्दै जानु, जनसङ्ख्या बढ्नु तर सेवासुविधा नबढ्नुका पछाडि लामो समयसम्म स्थानीय तह जनप्रतिनिधिविहीन हुनु र सोचको अभाव रहनु नै हो ।

यही मर्मलाई आत्मसात गर्दै महानगरपालिकाले बजारको मध्यभागमा आफ्नै स्वामित्वमा रहेको एक कठ्ठा १६ धुर जग्गामा स्मार्ट उद्यान बनाउने निर्णय गरेको छ ।

यस्ता सुबिधा : 

हरियाली वातावरण ,बगैचा , स्तनपान कक्ष, महिला र पुरुषका लागि अलगअलग शौचालय , फ्रि वाईफाई , लाईटिङ , आरमस्थल र पानीको फोहरासहितको उद्यान बन्ने भएको हो । अगामी एक वर्षभित्रमा निर्माणकार्य सम्पन्न हुने इञ्जिनीयर गोपाल पोखरेलले जानकारी दिनुभयो ।

उद्यानका लागि प्रदेशसभा सदस्य केदार कार्कीले संसद् कोषबाट रु ४८ लाख र महानगरपालिकाले रु ७० लाख रकम व्यहोर्ने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्