मोरङ प्रहरीले थालेको अपराध अनुसन्धान अभियान प्रभावकारी बन्दै

<span class='c1'>मोरङ प्रहरीले थालेको अपराध</span> <span class='c2'>अनुसन्धान अभियान प्रभावकारी बन्दै</span>

विराटनगर, १४ जेठ । जिल्ला प्रहरी कार्यलय मोरङ प्रहरीले एक वर्षको अवधीमा सञ्चालन गरेका विभिन्न अभियानहरु प्रभावकारी बन्दै गएका छन् ।प्रहरीले थालेको समुदायसँग चिया, लागुऔषध नियन्त्रण, मापसे (मादक पदार्थ सेवन) परीक्षा र नागरिकलाई सेवा प्रवाह कार्ड समेतका अभियान बढी प्रभावकारी देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सञ्चालनमा ल्याएको एप्स, नागरीक सूचना कार्ड, इन्टरकम टेलिफोन सेवा, प्राथमिकताका सेवा, अन्तरक्रियात्मक साइकल गस्ती समेतले प्रहरीका काम कारवाहीमा समेत मदत पुगेको मोरङ प्रहरी प्रमुख मनोज केसीले जानकारी दिनुभयो ।
साथै अभियानले नागरिक–प्रहरी सम्बन्ध सुधारसगै शान्ति सुरक्षाको अवस्थालाई मजवुत बनाउन सहयोग गरेको सरोकारावालाहरुको भनाइ छ ।
एसपी केसी हुदा थालिन गरेका अभियानहरु प्रभावकारी बनेका हुन् । केसीको प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय काठमाडौं सरुवा भएको छ । अभियानमार्फत प्रहरीका काम कारवाही, जनमानसमा रहेका असन्तुष्टि, आगामी दिनमा प्रहरीले गर्नु पर्ने काम तथा समाजमा हुने अपराध नियन्त्रण आदिका बुझ्ने मौका मिलेको एसपी केसीले बताए ।

मोरङमा नागरिक सहायता कक्षबाट अशक्त, अपांगता भएका, वृद्धवृद्धा र गर्भवतीहरूका लागि जाहेरी, घाउ जाँच केश फारम, सीआरएस सम्बन्धी सेवा, कानुनी परामर्श, आवश्यक मुचुल्का लगायतका सम्पूर्ण सेवा निःशुल्क गरिएको छ ।
अदालतले दोषी ठहर गरे पनि फरार रहेका ४ सय ८६ जना प्रतिवादी एक वर्षको अवधिमा मोरङमा पक्राउ परेका छन् । पक्राउ परेकाबाट ८७ लाख ११ हजार ६ सय ६० रुपैयाँ जरिवाना असुल भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्