विराटनगर १५ जेठ । जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख एसपी मनोज केसीले समुदायसँग प्रहरी अभियान अन्र्तगत १० हजार भन्दा बढी जनसमुदायसँग प्रत्यक्ष छलफल गरेको बताउनुभएको छ ।
[caption id="attachment_86320" align="alignnone" width="1280"] जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख एसपी मनोज केसी[/caption]
प्रहरीले थालेको समुदायसँग चिया कार्यक्रम अन्र्तगत मोरङ प्रहरीले विराटनगर लगायत ग्रामिण भेगमा समेत पुगेर अभियान थालेको बताउनुभयो । मोरङका ५५ हजार घरका अभिलेखिकरण गरेको समेत केसीले बताउनुभयो ।
लागुऔषध उपचार तथा पुनस्र्थापना केन्द्र परिवार मोरङले बुधबार प्रहरी प्रमुखको विदाई तथा सम्मान कार्यक्रममा बोल्दै एसपी केसीले मोरङका ग्रामिणी भेगसम्म पुगेर समुदायसँग चिया कार्यक्रम अन्र्तगत उनीहरुसँग अन्र्तक्रिया गरेको उल्लेख गर्नुभयो ।
साथै लागुऔषध नियन्त्रण, मापसे (मादक पदार्थ सेवन) परीक्षा र नागरिकलाई सेवा प्रवाह कार्ड समेतका अभियानलाई प्राथमिकतामा राखेर काम गरेको केसीले बताउनुभयो । आफ्नो पालमा कुनै पैसाको प्रभोलनमा नपरी आफ्ना मातहतका प्रहरी कर्मचारीले काम गरेको बताउनुभयो ।
मोरङ प्रहरीले सञ्चालनमा ल्याएको एप्स, नागरीक सूचना कार्ड, इन्टरकम टेलिफोन सेवा, प्राथमिकताका सेवा, अन्तरक्रियात्मक साइकल गस्ती समेतले प्रहरीका काम कारवाहीमा समेत मदत पुगेको प्रहरी प्रमुख मनोज केसीले बताउनुभयो ।
लागुऔषध तथा पुनस्र्थापना केन्द्र ( रिकभरीङ) का केन्द्रिय उपाध्यक्ष दिपक चापागाइको अध्यक्षतामा भएको विदाई कार्यक्रममा चापागाइ विदाई भएर जानलाग्नुभएका केहीको आगामी दिनको सपलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।