विराटनगरका ब्यापारीले भने ‘बजेटले बिराटनगरलाई न्याय गरेन’, समग्रमा बजेट राम्रो

<span class='c1'>विराटनगरका ब्यापारीले भने ‘बजेटले बिराटनगरलाई</span> <span class='c2'>न्याय गरेन’, समग्रमा बजेट राम्रो</span>

विराटनगर, १५ जेठ ।
संघीय सरकारले आर्थिक बर्ष २०७६/०७७ को बजेट सार्बजनिक गरि रहँदा बिराटनगरका ब्यापारी तथा उद्योगीले बजेट स्वदेशी बस्तु उत्पादनलाई न्याय गरेको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । सरकारले आउँदो आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको हो ।

सङ्घीय संसद्को संयुक्त बैठकमा बुधबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विनियोजित रकममध्ये चालु खर्चनौ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ र पूँजीगततर्फ चार खर्ब आठ अर्ब ५९ लाख रुपैयाँ निर्धारण गरिएको बताए । त्यसैगरी वित्तीय व्यवस्थातर्फ एक खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख विनियोजन गरिएको छ ।

आउँदो आर्थिक वर्षमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजश्वबाट नौ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख तथा वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख उपयोग गर्दा नपुग्ने चार खर्ब ९३ अर्ब ८३ करोड बराबरको रकम वैदेशिक ऋण र अन्य स्रोतबाट व्यहोरिने छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटले समग्रमा राम्रो सन्देश दिनेगरी बजेट आएको बिराटनगरका ब्यापारीले बताएका हुन् ।

आयातीत बस्तुको कडाईमा ब्यवसायी खुसी
उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले विराटनगर मात्र नभई प्रदेश १ नै बजेटको लागि उपेक्षामा परेको प्रतिक्रिया दिए । विराटनगर जस्तो राष्ट्रको पहिलो औद्योगिक क्षेत्रलाई न्याय नगरेको उनको भनाई छ । त्यस्तै औद्योगिक करिडोरको रुपमा मोरङ–सुनसरीलाई राज्यले तोकेको भएपनि त्यसले ब्यवसायी खुसी हुने अबस्था नरहेकोले यो घोषणाले औद्योगिक ग्राम ओझेलममा पर्ने हो की भन्ने समेत चिन्ता ब्यवसायीको छ ।
विराटनगर बिमानस्थलको स्तरोन्नती गरी ठुला जहाल ल्याण्ड गर्न सक्ने बनाउने भनिएपनि ठोस बजेटको ब्यवस्था नभएको घिमिरेले बताए । घिमिरेले अहिले सरकारबाट घोषणा भएको आयातित सामानको भन्सार करमा बृद्धि तथा निर्यातजन्य बस्तुलाई प्रोत्साहन गर्नुले लामो समयदेखिको ब्यवसायीको मागमा राज्यले ध्यान दिएकोमा खुसी ब्यक्त गरे । स्थानीय कपडा उद्योगमा ५ प्रतिशत ब्याज र ५० प्रतिशत बिजुलीमा सहुलियत दिनु सकारात्मक रहेको घिमिरेले प्रतिक्रिया दिए ।
सरकारले ल्याएको बजेटबाट आशावादी रहने प्रसस्तै आधार रहेको भएपनि कार्यान्वयनको बिषय महत्वपुर्ण रहेको बताए । यो बर्षको बजेट भाषणबाट भौतिक पुर्बाधारको वारेन्टी पिरियड १ बर्षबाट ५ बर्ष पुर्याईकोले अब विकासको काममा गुणस्तरिय काम हुने आशा लिन सकिने स्पष्ट आधार तय भएको घिमिरेले जानकारी दिए । बृद्धभत्ता बृद्धि, कर्मचारी तलव बृद्धि तथा शिक्षा, स्वास्थ्य र उर्जामा राज्यले ठुलो लगानी गरेर जनताप्रति जन उत्तरदायि बन्नुलाई सकारात्मक रुपमा लिन सकिन्छ, घिमिरेले भने ।
उनले बितीय संस्थालाई नियन्त्रण गर्ने ठाउँमा संरक्षणको नीति ल्याएर उद्योगी ब्यवसायीलाई खुम्च्याउन खोजेको बताए । उनले भने, ‘यसले उद्योगी ब्यवसायी मारमा पर्ने छन् ।’

राजेन्द्र राउत, उपाध्यक्ष, उद्योग वाणिज्य महासंघ प्रदेश १  
उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले सबैभन्दा पुर्बाधार विकासमा ठुलो बजेट आएकोमा खुसी ब्यक्त गरे । पहिलाको जस्तो समस्या झेल्नुपर्ने अबस्था नआई विकासको कामले गति लिने हो भने धेरै ठुला काम हुनेमा आशा ब्यक्त गरे । ‘स्वादेशी उत्पादनलाई प्रोत्साहन हुनु पर्ने मागलाई सम्बोधन भएको छ, राउते भने, आयातीत बस्तुमा भन्सार राजश्व बढाउने, औद्योगिक करिडोरको विकास गरी उद्योगकालागि अनुदान दिने भन्ने कुरा एकदमै सकारात्मक हो ।’
त्यस्तै कृषिजन्य बस्तुको उत्पादनमा अनुदान, विमानस्थलाई स्तरोन्नती गर्ने बिषयले धेरै काम हुन सक्ने आशा देखिएको राउतले बताए । तर उनले विकास खर्च गत बर्षहरुमा हुन नसकेको अबस्थामा यो बजेट त्यो तर्फ जान भन्दापनि अब विकास बजेट पुर्ण खर्च गरेर भौतिक पुर्बाधारमा ठुलो प्रगति हुने आशा ब्यवसायीको रहेको उनले बताए ।

प्रकाश मुण्दडा,वरिष्ठ उपाध्यक्ष, मोरङ ब्यापार संघ
मोरङ ब्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुण्दडाले आम नागरिकको हेल्थ, ईस्योरेन्स, शिक्षा लगायतका बिषय एकदमै सकारात्मक रहेको बताए । वातावरणीय सुधारका लागि बृक्षारोपण लगायतका देशको दिगो विकासको लागि राम्रो बजेट आएको उनको प्रतिक्रिया छ । आयातमा भएको भन्सार करले देशमा रोजगारी बढाउने र उद्योग मैत्री वातावरण बन्ने स्पष्ट पारे । मुण्दडाले शुसाशन, स्वास्थ्य, उद्यमशिलताको बिषय उत्कृष्ट रुपमा आएको उनले बताए । ‘सबै ब्यवसायलाई प्रोत्साहन गर्ने काम बजेटबाट भएको छ, मुण्दडाले भने, कार्यान्वयन पक्ष नै महत्वपुर्ण हो ।’
साउनदेखि नै बजेट कार्यान्वयन गर्ने अर्थमन्त्रीको घोषणा पछि भने आएको बजेट कार्यान्वयन हुनेमा शाखा रहेको ब्यवसायीको भनाई छ ।  प्रस्तुती : सुमन सुस्केरा/ओबी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्