बाईपास, बिजेएम, बुधनगर र रानी फिडरको बिद्युत लाईन आज दिनभर अबरुद्ध हुने

<span class='c1'>बाईपास, बिजेएम, बुधनगर र रानी फिडरको</span> <span class='c2'>बिद्युत लाईन आज दिनभर अबरुद्ध हुने</span>

विराटनगर, १६ जेठ ।
नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले अर्थिङमा सुधारको काम शुरु गरेको छ । अर्थिङ सिस्टममा सुधार अन्तरगत आज रानी सब स्टेशनको काम शुरु भएको बिराटनगर बितरण केन्द्रका प्रमुख राजिव कुमार सिंहले जानकारी दिए ।

३३/११ केभी रानी सब–स्टेशनमा जडित १६ एमबिएको ट्रान्सफरमरको अर्थिङ सिस्टम सुधार गर्नको लागि बिहानै देखि बिद्युत अबरुद्ध गरेर काम भईरहेको सिंहको भनाई छ ।
आज दिउँसो ४ बजेसम्म बाईपास फिडर, बिजेएम फिडर, बुधनगर फिडर र रानी फिडरको लाईन अबरुद्ध भएको समेत सिंहले जानकारी दिए । बिद्युतको अर्थिङको सिस्टम सुधार गर्नका लागि अबरुद्ध भएको बिद्युतको कारण सर्बसाधारणमा गर्न गएको असुबिधा प्रति प्राधिकरणले क्षमा मागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्