विश्वकप क्रिकेट आजबाट : पहिलो खेलमा आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्ने

<span class='c1'>विश्वकप क्रिकेट आजबाट : पहिलो खेलमा</span> <span class='c2'>आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्ने</span>

काठमाडौं जेठ १६ ।

एक दिवसिय विश्वकप क्रिकेटको १२ औं संस्करण आजबाट सुरु हुँदैछ ।इंग्ल्याण्ड र वेल्सका विभिन्न सहरमा आयोजना हुने विश्व क्रिकेटको महाकुम्भमा १० टोली सहभागी छन् । लन्डनमा रहेको दि ओभलमा आज प्रतियोगिताको उद्घाटन हुनेछ ।

विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्ने छ । यो खेल नेपाली समय अनुसार दिउसो सवा ३ बजे सुरु हुने छ । घरेलु मैदान दि ओभलमा इंग्ल्यान्डले सन् २०१५ देखि कुनै एकदिवसीय खेल हारेको छैन ।

इंग्ल्याण्ड त्यस जितलाई निरन्तरता दिने लक्ष्यमा रहँदा दक्षिण अफ्रीका पहिलो खेलमा विजयी हुँदै सुखद सुरुवात गर्न चाहन्छ ।

विश्वकप क्रिकेटको यो संस्करणमा १० टोली सहभागी छन् । यी १० टोलीले राउन्ड रबिन लिगको आधारमा एक आपसमा खेल्ने छन् ।लिग चरणमा शीर्ष चार स्थान लिने टोली सेमिफाइनलमा पुग्ने छन् ।

जुलाई १४ तारिखसम्म चल्ने विश्वकप क्रिकेटमा यसपटक आयोजक इंग्लण्डसँगै साविक विजेता अष्ट्रेलिया, दक्षिण अफ्रिका, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, वेष्ट इण्डीज, न्यजिल्याण्ड र अफ्गानिस्तान सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्