प्रदेश नम्बर १ को राजधानी बिराटनगरलाई मेगा सिटीको रुपमा विकास गरिने

<span class='c1'>प्रदेश नम्बर १ को राजधानी बिराटनगरलाई</span> <span class='c2'>मेगा सिटीको रुपमा विकास गरिने</span>

बिराटनगर जेठ १६ , सरकारले आगामी आर्थिक वर्ष २०७६–७७ को वार्षिक बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख विनियोजन गरेको छ।

सरकारले प्रदेश नम्बर१ का दुई ठूला शहरहरुलाई मेगा सिटीको रुपमा विकास गर्ने भएको छ । सरकारले हुलाकी राजमार्ग अन्तर्गत रहेका २७ वटा आधुनिक सहर विकास गर्ने योजनामा प्रदेश १ का विराटनगर र इटहरी परेका छन् ।

सुरक्षित तथा विकसित आवासका लागि सुविधा सम्पन्न सहर विकास गर्न सरकारले १ अर्ब ८५ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ ।राजमार्गमा ऐतिहासिक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण सहर विकास र संरक्षण गरिने बुधबार सरकारका अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक गरेको बजेटमा उल्लेख छ । सरकारले १ सय ८५ नगरपालिकामा भौतिक पूर्वाधार विकास गर्ने भएको छ ।

बिराटनगर सहित इटहरी , बीरगंज , जितपुर (सिमरा) , कोहलपुर , सिद्धार्थनगर , पोखरा , काठमान्डौ र अत्तरियालाई मेगा सिटीको रुपमा विकास गर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्