प्रधानमन्त्री कप : प्रदेश नम्बर १ को पहिलो जित , सिद्धान्त लोहनीले बनाए ६३ रन

<span class='c1'>प्रधानमन्त्री कप  : प्रदेश नम्बर १ को</span> <span class='c2'>पहिलो जित , सिद्धान्त लोहनीले बनाए ६३ रन</span>

काठमाडौं जेठ १७ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा प्रदेश १ ले पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ८१ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा प्रदेश नम्बर १ ले निध्रारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय २८ रन बनाएको थियो । प्रदेश १ ले दिएको २ सय २९ रनको लक्ष्य पछउने क्रममा कर्णाली प्रदेशले २० ओभर १ बलमा अल आउट हुँदै मात्र ४७ रन बनायो ।

कर्णाली प्रदेशका लागि निश्चल रावलले १७  रन बनाउँन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । बलिङतर्फ प्रदेश १ का पुष्प थापाले सर्वाधिक छ विकेट लिए । त्यस्तै मुकुन्द यादवले तीन तथा कमल खत्रीले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ का लागि सिद्धान्त लोहनीले अर्धशतक बनाए । ९० बल खेलेका लोहनीले ७ चौकाको मद्दतमा ६३ रन बनाए । त्यसपछि उनी घाइते भएर पवेलियन फर्किएका थिए । फिरदोस अन्सारीले अबिजित ४५ रन बनाए ।

सन्नी पुनले ३४ रन बनाए । कप्तान पुष्प थापाले २९ रन बनाउँदा राजन मगरले १६, मिनस थापाले १३ रनको योगदान दिए । कर्णाली प्रदेशका प्रकाश जैसी, ललित प्याकुरेल र दिवान पुनले २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्