विराटनगरका सामुदायिक बिद्यालयमा अंग्रेजी मोह, कतै मनपरी असुली-कतै निःशुल्क

<span class='c1'>विराटनगरका सामुदायिक बिद्यालयमा अंग्रेजी मोह,</span> <span class='c2'>कतै मनपरी असुली-कतै निःशुल्क</span>

विराटनगर, १७ जेठ । विराटनगर महानगरपालिका वडा नम्बर १२ की तनिसा श्रेष्ठ कक्षा ६ मा पढ्छिन् । उनी यस अघि होलिल्याण्ड बोर्डिङ स्कुलमा पढ्दै आएकी थिईन् । यस बर्ष देखि उनी कक्षा ६ मा भर्ना हुनको लागि जनपथ माध्यामिक बिद्यालयमा आएकी हुन् । सामुदायिक बिद्यालयमा अंग्रेजीको माध्यामबाट पठन पाठन हुन्छ भन्ने जानेर आएको उनले सुनाईन् ।

उनी बोर्डिङबाट आएकी हुन् भने बाल माध्यामिक बिद्यालयबाट आएकी सविताकुमारी यादव र गुरुकुलमा पढ्दै आएका सागर यादव पनि अंग्रेजी माध्याममा जनपथ माध्यामिक बिद्यालयमा पढ्नको लागि भर्ना भए ।
यसरी यो बिद्यालयमा भर्ना हुन आउनेहरुमा धेरै बोर्डिङ स्कुलबाट आएकाहरु छन् भने केही अन्य सामुदायिक बिद्यालय छाडेर आएका बिद्यार्थीहरु पनि रहेका छन् । यो बिद्यालयमा अंग्रेजी माध्याममा पढाई हुन्छ÷हुन्न भन्ने जो कोहीले सहजै थाहै पाएका छैनन् । किन भने जनपथ माध्यामिक बिद्यालय अहिलेसम्म कुनै संचारमाध्यमको आँखामा परेन सँधै ओझोलमा नै पर्यो ।

२०६८/०६९ सालदेखि अंग्रेजी माध्यामबाट पठन पाठन शुरु गरेको भएपनि अंग्रेजी माध्यामको होहल्ला नगरिएको बिद्यालयका प्रधानाध्यापक हरिप्रसाद पराजुलीले बताए । बिद्यालयले अहिलेसम्म बिद्यार्थीको लागि अंग्रेजी माध्यामको नाममा एकरुपैयाँ पनि सेवा शुल्क अभिभावसँग नलिएको पराजुलीले दाबी गरे । यो बिद्यालयमा अंग्रेजी माध्यामबाट पढाई हुन थालेको ७ बर्ष बितिसकेको छ । कक्षा ७ सम्मको पढाई अंग्रेजी माध्यामबाट नै भईरहेको छ ।
छिमेकी सामुदायिक बिद्यालयहरुमा अंग्रेजी माध्याममा एउटै कक्षामा दुई खालको शिक्षा प्रदान भएको देखेका यहाँका शिक्षक तथा बिद्यालय ब्यवस्थापन समितिले आफ्नो बिद्यालयमा भने एक रुपता कायम गरेका छन् । एकै खालको शिक्षा दिने भनेर कक्षा १ देखि नै अंग्रेजी माध्यामबाट पढाउन शुरु गरेर अहिले ७सम्म पुर्याएको हो ।
बिद्यालयले हरेक बर्ष एउटा कक्षालाई अपग्रेड गरेर लैजाने योजना अनुसार अब अर्को बर्ष कक्षा ८ सम्म अंग्रजी माध्याम संचालन गर्ने र अबको ३ बर्ष भित्रमा बिद्यालयमा अंग्रजी माध्यामबाट मात्र पढाई हुने बिद्यालयका प्रधानाध्यापक पराजुलीले बताए ।
‘अहिले शिशुकक्षा देखिनै बिद्यालयले अंग्रजी माध्याम शुरु गरेको छ, उनले भने, आर्थिक अबस्था कमजोर भएका र बिहान खायो साँझ के खाउँ भन्ने परिवारका बालबालिकालाई अंग्रेजी माध्यामबाट पढाउन सफल भएका छौ ।’
दलित र सिमान्तकृत समुदायका बालबालिका अध्ययन गर्ने यस बिद्यालयले अंग्रेजी माध्याम शुरु गरेपछि अहिले बिद्यालय छाडेका बालबालिका पनि बिद्यालय फर्काउन सफल भएको छ ।

कक्षा ७ सम्म ६ सय ८३ जना बालबालिका अंग्रेजी माध्यामबाट पढिरहेका छन् । बिद्यालयमा अहिले १ हजार ३ सय ४५ जना बिद्यार्थी अध्ययनरत रहेको बिद्यालयका शिक्षक रामनरेश साहले बताए ।

सामुदायिक बिद्यालयमा नमुना काम
बिद्यालयले अंग्रेजी माध्यामलाई बढाउँदै लगेको अबस्थामा बिद्यालयले आन्तरिक ब्यवस्थापनको कामलाई पनि ब्यबस्थित गर्दै लगेको छ । बिद्यालयमा हरेक दिन कति बिद्यार्थी कुन कक्षामा आए भनेर बाहिर राखिएको बोर्डमै सार्बजनिक गर्ने गरेको छ । कक्षा कोठाबाट बाहिरिने बिद्यार्थीलाई पास सिस्टम, सरसफाईमा बालक्लब सक्रिय रहेकोले हरेक कक्षाले फरक फरक दिन सरसफाई गर्दै आएका छन् । बिद्यालयमा सिसि क्यामेरा जडान गरेको छ । दलित र सिमान्तकृत समुदाय मण्डल,पासवान, मेहता, सतार, डोम, मुसहर समुदायका बालबालिका अध्ययन गर्ने धेरै रहेको बिद्यालयले जनाएको छ ।

सरकारी निकायको उपेक्षित ब्यवहार
विराटनगर महानगरपालिकामा नमुनाको रुपमा पठन पाठन गराएको बिद्यालयलाई अनुदान दिने ब्यवस्था गरिएको छ । तर यस बिद्यालयलाई सरकारी निकायले हेर्ने दृष्टिकोण भने उपेक्षित देखिएको बिद्यालयका कर्मचारी तथा शिक्षकको भनाई छ । यस्तै प्रकृतिबाट संचालित अन्य सामुदायिक बिद्यालयहरुमा माबिको फुल दरबन्दी ८ जना रहेको भएपनि यो बिद्यालयमा ४ जनाको मात्र दरबन्दी रहेको छ ।

दरबन्दी भन्दा कम शिक्षकका कारण पठन पाठनमा समस्या भएको बिद्यालयका प्रधानाध्यापक पराजुलीको भनाई छ । यस्तै प्रकृतिका सामुदायिक बिद्यालयहरु पोखरिया, आदर्श, सत्यनारायण लगायतका सामुदायिक बिद्यालयहरुले अंग्रेजी माध्याम पढाउँदा सेवाशुल्कको नाममा बर्षमा १७ हजार बढी लिँदै आएको भएपनि अंग्रेजी माध्याम संचालन गरेको यो बिद्यालयले एक रुपैयाँ सेवाशुल्कको नाममा लिएको छैन । तर सरकारी निकायबाट पाउनु पर्ने सेवा सुबिधा पनि पाएको छैन ।

बिराटनगर महानगरपालिका पुर्वाग्राही बन्दा बिद्यालयले पाउने सुबिधा पनि नपाएको बिद्यालय ब्यवस्थापन समितिका सदस्य देबेश्वर ठाकुरले आरोप लगाए । सँगैका बिद्यालयहरुले ३० देखि ५० लाखसम्म अनुदान पाए तर जनपथ माध्यामिक बिद्यालयलाई उपेक्षा गरिएको उनको भनाई छ ।
पहिलो चरणमा पोखरिया, आदर्श र मिल्स माध्यामिक बिद्यालयले प्राबिधिक धारको रुपमा नमुना बिद्यालय भनेर ५० लाखसम्म पाए भने दोश्रो चरणमा गोग्राहा, राधाकृष्ण माबि र सत्यनारायण माध्यामिक बिद्यालयले नमुना बिद्यालयको रुपमा रकम पाए तर यो बिद्यालयलाई वास्ता नगरिएको बिद्यालय ब्यवस्थापन समितिको भनाई छ । अन्य बिद्यालयलाई पहुँचको आधारमा नमुनामा पारेर रकम बितरण गरिएको उनीहरुको आरोप छ । २०६८ सालदेखि प्लस टु संचालन गरेको बिद्यालयले कुनै निकायबाट उच्च माध्यामिक शिक्षा संचालनमा पनि एक रुपैयाँ सहयोग नगरेको बिद्यालय प्रशासनले जनाएको छ ।
असहजका बिच सहजता खोज्दै
असहजताका बिच गुणस्तरिय शिक्षा दिँदै आएको सामुदायिक बिद्यालय जनपथ माध्यामिक बिद्यालयलाई चालु आर्थिक बर्षमा सामाजिक विकास मन्त्रालयले खानेपानीको लागि ५ लाख बितरण गरेको छ भने महानगरपालिकाको तर्फबाट हरेक बिद्यालयले पाउने पुस्तकालयको लागि ६ लाख प्राप्त गरेको छ । त्यस्तै निर्वाचन क्षेत्र नम्बर ६ का सांसद लालबाबु पण्डितको निर्वाचन पुर्वाधार विकास कार्यक्रमबाट ४ कोठे भवन बनिने भएपछि बिद्यालयले केही राहत भएको जनाएको छ । ३ वटा बालविकास रहेको यस बिद्यालयमा २ लाख बाल विकास ब्यवस्थापनको लागि महानगरले दिएको पराजुली जानकारी दिए । बिद्यालयमा पठन पाठन गराउन आउने अधिकांश प्राबि शिक्षकहरु डिग्री गरेका आएकोले निशुल्क अंग्रेजी माध्यमबाट पढाउन सफल भएको बिद्यालयले जनाएको छ । (सुमन सुस्केरा/ओबी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्