विराटनगरको प्रजातन्त्र मार्गमा मापदण्ड विपरित सडक निर्माण, जनप्रतिनिधीको मिलेमतोको आरोप

<span class='c1'>विराटनगरको प्रजातन्त्र मार्गमा मापदण्ड विपरित</span> <span class='c2'>सडक निर्माण, जनप्रतिनिधीको मिलेमतोको आरोप</span>

प्रेम देवान/ बिराटनगर, १७ जेठ । विराटनगर महानगरपालिकाको वडा नम्बर १५ मा मापदण्ड विपरित सडक निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध गरेका छन् ।

विराटनगर महानगरपालिकाको वडा नम्बर १५ मा रहेको प्रजातन्त्र मार्ग रानीपथ हड्तालीहाटदेखि मलाया रोडसम्मको सडक र नाला मापदण्ड विपरित निर्माण भएको भन्दै स्थानीयले विरोध गरेका छन् ।
विराटनगरको वडा नम्बर १५ मा निर्मांणधिन सडक १५ मिटरको हुनुपर्नेमा १० मिटरको मात्र बनाएको भन्दै स्थानियवासीले पत्रकार सम्मेलन गरी अनियमितता बारे बिरोध गरेका हुन् ।

बिराटनगर वडा नम्बर १५  का अध्यक्ष असलम आलमको मिलेमतोमा बिराटनगर वडा नं. १५ मा मापदण्ड बिपरित बाटो निर्माण गरिएको भन्दै स्थानीयहरुले बिरोध गर्दै मापदण्ड अनुसार बाटो निर्माण गर्न दवाव दिएका छन् ।
स्थानीयहरुले सडक १५ मिटर फराकिलो बनाउने मापदण्ड रहेपनि वडा अध्यक्ष समेतको सहमतिमा केही स्थानीय मानिसहरुको घर पर्खाल जोगाउन आर्थिक प्रलोभनमा परि १० मिटर मात्र पक्की नाला सहित कालो पत्रेगरि सडक बिस्तार गर्न लागिएको स्थानीय मित्रलाल गिरीले बताए ।

स्थानीयहरुले उक्त निर्माण कार्य रोकीपाउँ भन्दै उच्च अदालतमा रिट निषेधायुक्त परमादेश मुद्दा समेत दायर गरेका थिए । जसमा २०७५ चैत २८ गते अदालतले १० मिटर बाटो तत्काल निर्माण कार्य नगर्नु भनी आन्तरिम आदेश दिएको थियो ।
उक्त आदेशको अवज्ञा गर्दै १० मिटर बाटो निर्माण गरिरहेकोले यही जेठ ८ गते अदालतको अवहेलनाको मुद्दा दायर गरि कारबाहीको माग गरिएको स्थानीयले बताए ।

साथै उक्त कार्य तत्काल रोक्न सम्पुर्ण सरोकार पक्षहरुसँग पहल गर्न आग्रह गरे । आफूहरुको कुरालाई वेवास्ता गरिए जनप्रतिनिधी विरुद्ध अख्तियार नै जाने समेत स्थानीयले चेतावनी दिएका छन् ।
तर वडा नम्बर १५ का वडा अध्यक्ष असलम आलमले यो काममा आफुले केही गर्न नसक्ने बताए । उनले यो सबै आरयुडिपी अर्थात क्षेत्रिय शहरी विकास परियोजनाले हेर्ने भएकोले यसमा केही गर्न नसक्ने प्रतिक्रिया दिए । ‘वडा कार्यालयले विकास निर्माणको कार्य समन्वयको भुमिका मात्र निर्वाह गरिदिने हो’, आलमले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्