विराटनगरका पसलहरुमा बाणिज्य विभागको अनुगमन, चार पसललाई कारवाही

<span class='c1'>विराटनगरका पसलहरुमा बाणिज्य विभागको</span> <span class='c2'>अनुगमन, चार पसललाई कारवाही</span>

विराटनगर, १७ जेठ ।विराटनगरका व्यापारीले बिल बिनै सामान खरिद बिक्री गर्ने गरेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, वाणिज्य कार्यालय बिराटनगरको टोलीले गरेको अनुगमनका क्रममा सामान खरिद र बिक्री गर्दा बिल प्रयोग नगर्ने गरेको पाइएको हो ।

अनुगमन अनुगमनका क्रममा टोलीले ४ वटा पसललाई कारबाही गरेको छ । विराटनगर–९ स्थित नीलकण्ड वाच, श्याम इम्पेक्स, पाल भेराइटी र बंशललाई ५ हजारका दरले जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ ।
विभागका अधिकृत रमेशप्रसाद रिजालले विराटनगरका सबै पसलहरुमा एकै प्रकारको समस्या रहेको बताए । बजारलाई व्यवस्थित बनाउन चुनौती रहेको बताउँदै व्यापारीहरुलाई सचेतना आवश्यक रहेकाले सोहीअनुसार कार्यक्रम गरिने बताए । उनले विराटनगरका अधिकांश पसलहरुले खरिद–विक्री बिल नदेखाएका कारण कारबाही गरिएको बताए ।कारवाही गरिएका पसलहरुले न्यून मूल्यमा खरिद गरेर महँगो मूल्यमा बेचेको पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्