रंगेलीमा चोरको बिगबिगी, १३ थान मोवाईल सहित चोर पक्राउ

<span class='c1'>रंगेलीमा चोरको बिगबिगी, १३ थान</span> <span class='c2'>मोवाईल सहित चोर पक्राउ</span>

रबिन्द्र बराल / रंगेली, १८ जेठ । मोरङको रंगेली नगरपालिका ७ मा रहेको मुख्य बजारमा गत चैत २४ गते आईतबार राति रोशन मोवाईल रिपेरिङ एण्ड मोवाइल सेन्टरमा चोरी भयो । चोरीमा संलग्नको खोजी गर्ने क्रममा प्रहरीले लामै प्रयास गर्यो तर एक महिना पछि सफलता प्राप्त गरेको छ ।

प्रहरीले टोलीले घटनाको प्रारम्भिक अनुसन्धान पछि चोरहरु लाई पक्राउ गर्ने सफल भएको जनाएको छ । चोरीमा सङ्गलन रहेका सुनवर्षी नगरपालिका वडा नम्वर ५वस्ने वर्ष १९ का रोशन कुमार मण्डल र सोही स्थानका वर्ष १९ का करण कुमार मण्डललाई मोवाईल सहित पक्राउ गरेको हो ।
प्रहरीले बरामद गरेको मोवाईलहरुमा लाभा कम्पनीको मोवाईल (स्कृन टच)५ थान , सामसुङ (स्कृन टच) मोवाईल ३ थान , एम आई (स्कृन टच) २ थान , इन्टेक्स (स्कृन टच) १ थान, टेक्नो (स्कृन टच)१ थान , नोकिया साधा १ थान र विभिन्न कम्पनिका साधारण हाते घडीहरु १० थान , मोवाईल चार्जर ७ थान , विभिन्न कम्पनीको मोबाईल को व्याट्टीहरु १० थान , १० बटा मोवाईल एयरफोन , बरामद गरेको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्कीले जानकारी दिए । पक्राउ परेका ब्यक्तिका सम्बन्धमा म्यादथप गरी अनुसन्धान भईरहेको कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्