रंगेली–कानेपोखरी हुलाकी सडक कालोपत्रे सुरु, सडक पुरा गर्न गेउरिया पुल बाधक

<span class='c1'>रंगेली–कानेपोखरी हुलाकी सडक कालोपत्रे सुरु, सडक</span> <span class='c2'>पुरा गर्न गेउरिया पुल बाधक</span>

रबिन्द्र बराल
रंगेली, १८ जेठ ।
मोरङको कानेपोखरी रंगेली सडक खण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका २ गेउरिया पुल अझै अलपत्र छ ।
२०७१ सालमा फिचर एन्ड सराउद्धिन जेबीले १ करोड १८ लाख रुपैयाँ ठेक्कामा काम शुरु गरेको थियो । हालसम्म उक्त पुलको ३ फिट मात्रै पिलर उठाएर अलपत्र छाडे र भागे पछि स्थानीय निरास भएका छन ।

वडा नम्बर २ का वडा अध्यक्ष सुशील वुढाथोकीले पुलको काममा भईरहेको ढिलाईको बारेमा सडक बिभाग, प्रदेश सरकार र केन्द्र सरकारलाई बारम्बार जानकारी गराउँदा समेत सुनुवाई नभएको बताए । लामा डाँफे द कन्चनजंधा कन्ट्रक्सनले रंगेली–कानेपोखरी सडकको कालोपत्रे गर्नेकाम सुरु गरिसकेको छ । तर गेउरीया पुल नबन्दा सडक कालोपत्रे भएको कुनै अर्थ नहुने स्थानीयको भनाइृ छ।
रंगेली नगरपालिका–९,फार्साडाँगी चोकबाट उत्तर कानेपोखरी चोक जोड्नलाई ठेकेदार कम्पनीले सडक कालोपत्रे गर्न सुरु गरेको हो । ठेकेदार कम्पनीले पहिलो पटक फार्साडाँगी चोकबाट उत्तर कानेपोखरी चोक सम्म १५ दशमलव४४ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का लागेको हो ।

७ मिटर चौडा कालोपत्रेमा ४० एमएमको मोटाई पिच हुने भएको हो । पिच गरिएको दायाँ बायाँ २ मिटर ग्राभेल लगाई सकेको छ । पहिलो पटक १५.४४ किलोमिटर कालोपत्रे जेठ मसान्त भित्र सक्ने योजना रहेको लामा डाँफे द कन्चनजंधा कन्ट्रसन का प्रोजेट कन्ट्याक प्रमुख प्रविण शेर्पाले बताए ।

उनले वर्षायाम सुरु भएपछि काम गर्न असहज हुने भएकोले पहिलो चरणको काम शुरु भएको बताए । २०७४ असार ६ गते कामको जिम्मा पाएको लामा, डाँफे, द कन्चनजंघा कन्ट्रक्सन कम्पनीले २०७६ असार ५ गते सबै कालोपत्रे गरी सकेर सडक सरकारलाई जिम्मा लगाउने सम्झौता भएपनि समयमा नै काम सम्पन्न हुने छाँट देखिएको छैन ।
कानेपोखरी–रंगेली सडक हुलाकी सडक महेन्द्र राजमार्ग जोड्ने भित्री सडक हो । २५ दशमलव ४ किलोमिटर लम्बाईको योजनामा कूल ७० करोड २४ लाख ३१ हजार ६७९ रुपैयामा सडक निर्माणको लागी ठेक्का सम्झौता भएको छ । सरकारले कानेपोखरी–रंगेली सडकखण्डका सर्बसाधारणको जग्गा अधिग्रहण गरेबापत पाँच करोड ६ लाख ५६ हजार १६ मुआब्जा वितरण गरेको थियो । सबैतिर काम अन्तिम चरणमा रहेको भएपनि गेउरिया पुल निर्माणको काम पुरा नहुँदा सडक अलपत्र हुने संकेत देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्