विराटनगरको मोरङ ब्यापार संघ राजनीति, नामावली प्रकाशनको बिषयमा विवाद

<span class='c1'>विराटनगरको मोरङ ब्यापार संघ राजनीति,</span> <span class='c2'>नामावली प्रकाशनको बिषयमा विवाद</span>

विराटनगर, १८ जेठ । मोरङ ब्यापार संघमा फेरी बिवाद चुलिएको छ । मतदाताको नामावली प्रकाशनको विषयलाई लिएर मोरङ व्यापार संघमा विवाद उत्पन्न भएको हो।

संघको निर्वाचनलाई ध्यानमा राखेर प्रकाशित गरिएको मतदाता नामावलीको विवरणमा असन्तुष्ट हुँदै संघको निर्वाचन आयोगमा दाबी विरोध परेको हो । निर्वाचन समितिले यही जेठ २४ गते हुने निर्वाचनलाई मध्यनगर राख्दै जेठ १७ सदस्यहरुको नामावली प्रकाशित गरेको हो । नामावली प्रकाशित गर्दा पुर्ण विवरण नै उल्लेख नगरी फर्म–उद्योगको नाम र ठेगाना मात्र उल्लेख भएको जनाउँदै संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहरा र महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले दाबी–विरोधको गरेका हुन् ।
दाबी–विरोधको निवेदनमा संघको निर्वाचन आयोगले प्रकाशित गरेको सूचनामा निर्वाचनमा मतदानमा प्रोप्राइटर, साझेदार र सञ्चालकले भाग लिन पाउने उल्लेख भएको तर प्रकाशित मतदाता नामावलीमा कुन फर्म–उद्योगको, को प्रोप्राइटर, को साझेदार र को सञ्चालक हो भन्ने नखुलाइएको दाबी बिरोधमा उल्लेख गरिएको छ ।

किन हटाईयो नाम : 

विगतमा उद्योग वाणिज्य क्षेत्रका सदस्यहरुको प्रतिष्ठान र तिनका प्रतिनिधिको नामसमेत नामावलीमा सार्वजनिक गर्ने गरेकोमा अहिले हटाएर प्रतिष्ठानको नाम मात्रै सार्वजनिक गरिएको राउतले बताए । यस्तो गतिविधिले उम्मेदवार हुन चाहने व्यक्तिलाई असर गरेको र मतदातासम्म पुग्न चाहाने उम्मेद्धारलाई समेत अफ्ठरो पर्ने असन्तुष्ट पक्षको भनाइ छ । बोहराले नामावली प्रकाशन नभएको र नियत राखेर संघलाई कब्जा गर्ने उद्देश्यले यस्तो हर्कत गरिएको दाबी गरे । शिवम् अर्थमुभर, शिखा ट्रेडिङ, एभरेष्ट आयल इन्डष्ट्रीज, शिवम आयल सेन्टर, जैसनी ट्रेड एन्ड बोहरा ट्रेड कन्सर्नसहित आठवटा व्यवसायिक फर्म तथा संस्थाको तर्फबाट निवेदन दिइएको छ ।

निर्वाचनमा उमेदवार हुन चाहनेले प्रकाशित मतदाता नामावलीका आधारमा आफ्नो उमेदवारी दिने, सदस्यहरूसँग सम्पर्क गरी आफ्नो उमेदवारीको जानकारी गराउँदै दाबी–विरोधपछाडि अन्तिम नामावली प्रकाशनको आधारमा भोट माग्ने प्रचलन रहेको पत्रमा निवेदनमा जनाइएको छ ।
निर्वाचन समितिले भने निर्वाचन प्रक्रियामा फर्मका सञ्चालक, प्रोप्राइटर र साझेदारको नाम उल्लेख गरिरहनु नपर्ने जनाएको छ । वाणिज्यतर्फ ३९६, उद्योगतर्फ २९६ र वस्तुगततर्फ ४ गरी ६९६ फर्मको नामावली प्रकाशित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्